back
NMB ad

आइतबारदेखि काठमाडौं उपत्यकामा खसीबोका भित्र्याउने, प्रतिकेजी कति छुट ?

Kumari bank ad

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि काठमाडौं उपत्यकामा खसीबोका भित्र्याउने भएको छ ।

 

बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सहुलियत दिनका लागि कम्पनीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरेर ल्याउन लागेको हो ।दशैंमा बजारमा खसीबोकाको खपत धेरै हुने हुँदा बजार मूल्य नियन्त्रण गर्नका लागि ल्याउन लागिएको कम्पनीले जनाएको छ ।

यो वर्ष च्याङ्ग्रा खरिद गर्न नपाइएकाले खसीबोका मात्र ल्याउन लागिएको कम्पनीका नायव महाप्रवन्धक श्रीममणिराज खनालले जानकारी दिनुभयो ।

च्याङ्ग्रा खरिद गर्न नपाएकाले यो वर्ष बिक्री नगर्ने उहाँको भनाइ छ । यो वर्ष पहिलो चरणमा एक हजार संख्यामा खसीबोका ल्याइने र माग बढ्दै गयो भने थप गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कोराना भाइरसको कारणले गर्दा यो वर्ष अघिल्ला वर्षको तुलनामा खसीबोकाको खपत कम हुने अनुमान गरिएको छ । दशैंमा उपत्यकामा खसीबोकाको खपत धेरै हुँदा व्यवसायीले बढी मूल्य निर्धारण गरि उपभोक्ता ठगिने सक्ने भन्दै कम्पनीले बजार मूल्य हस्तक्षेप गर्नका लागि खसीबोका बिक्री गर्न लागेको जनाएको छ ।

कम्पनीले प्रतिकेजी १० रुपैयाँ छुट दिने भएको छ । कम्पनीले गत वर्ष १८ करोड ७८ लाख ५ हजार रुपैयाँ लागतमा एक हजार संख्यामा खसीबोका र ३८ करोड ३२ लाख २१ हजार लागतमा २ हजार संख्यामा च्याङ्ग्रा ल्याएर बिक्री गरेको थियो ।

व्यवसायीले पनि दसैंलाई लक्षित गरेर उपत्यकामा खसीबोका भित्राउन सुरु गरेका छन् । दशैंमा खसीबोकाको खपत धेरै हुने भएकाले व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका ल्याउन थालेका हुन् ।

यो सातादेखि दैनिक ठूलो संख्यामा उपत्यकामा खसीबोका भित्रिरहेको व्यवसायीहरुले बताएका छन् ।

वि.सं.२०७७ असोज ३० शुक्रवार १०:२६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...