back
NMB ad

चाडपर्व नजिकिएसँगै सार्वजनिक यातायातमा निगरानी

Kumari bank ad

चितवन । चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममा जिल्ला आएका घर फर्कन शुरु गरेका छन् ।

अघिल्ला वर्षमा घटस्थापना अघिनै यात्रुको चहलपहल हुने भए पनि अहिले कोरोना सङ्क्रमणका कारण गरिएको लकडाउन तथा निषेधाज्ञाले यात्रुको चाप त्यति बढेको छैन ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले कोरोना त्रासले यसपाली यात्रुको चाप खासै नरहेको बताए । घरभित्रै बसेर दशैँलगायतका पर्व मनाउनुपर्ने अवस्था भएकाले यात्रुको चहलपहल नवढेको उनको भनाइ छ ।

सबै रुटका गाडी भरिभराउ छैनन्, सप्तमीपछि केही चहलपहल बढ्ने आशमा व्यवसायी रहेका छन् । जिल्लामा करिब १५ हजार सार्वजनिक सवारी छन् ।

नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, टाँडी बजार तथा खैरहनीको पर्सा बजारमा यात्रुको केही चाप देखिन थालेको छ । कोरोनाको त्रास बढिरहेको समयमा स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनमा निगरानी बढाउन थालेको छ ।

बढी भाडा असुल्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने जस्ता गतिविधि बढेको गुनासो आउन थालेपछि सार्वजनिक यातायातका सवारी साधनमा निगरानी बढाउन थालिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मापदण्ड विपरीत सञ्चालन भएको पाइए तत्कालै जरिवाना गरिने बताए । उनले भने, “प्रशासनले तत्काल कारवाही गर्न प्रहरी युनिटलाई निर्देशन दिइसकेको छ ।” यात्रु, चालक, सहचालक सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने भन्दै शर्माले अटेर गर्नेलाई कारवाही गरिने बताए ।

सङ्क्रामक ऐन २०२० मा आदेश अपहेलना गर्नेलाई एक सयदेखि ६०० रुपैयाँसम्म जरिवाना वा १ देखि ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । जिल्ला प्रशासनले असोज २७ गते १४ बुदे निर्देशन जारी गरिसकेको छ ।

चााडपर्वका बेला एक ठाउँ बाट अर्को ठाउँसम्म मानिसको आवतजावत हुने भएकाले कोरोना सङ्क्रमण फैलिने उच्च जोखिम देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बिहीबारदेखि सार्वजनिक सवारीमा आकस्मिक जाँचको अभियान सञ्चालन गरिएको बताए ।

जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी काम भइरहेकको उनले जानकारी दिए । उनका अनुसार बढी भाडा लिने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई तत्कालै कारवाही गरिने छ ।

वि.सं.२०७७ असोज ३० शुक्रवार १२:४० मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...