back
NMB ad

कोरोना कहर : ऋणले थलिँदैछन् होटल व्यवसायी

Kumari bank ad

भगीरथ भण्डारी, इलाम । जिल्लालाई पूर्वकै राम्रो पर्यटकीय सम्भावना भएको जिल्लाको रुपमा लिने गरिन्छ । यहाँको अनेक क्षेत्रलाई पर्यटसँग जोडेर प्रचारप्रसार हुन्छ । पर्यटकीय गतिविधि बढाउन संघ प्रदेश र स्थानीय तहले बजेट लगानी गरिहेका छन् ।

पर्यटनको राम्रो सम्भावना भएकाले निजी क्षेत्रको लगानी पनि बर्षेनी बढ्दो छ । तर, कोरोना माहामारीपछि पर्यटकीय गतिविधि ठप्प हुँदा निजी क्षेत्रका लगानीकर्ता नराम्रोसंग प्रभावित भएका छन् । उनीहरु बैंकको ऋण तिर्न नसकेर थलिने अवस्थामा पुगेका हुन् ।

पर्यटकी नगरीको रुपमा चिनिएको इलामको सूर्योदय नगरपालिका–८ मा एक वर्ष अघि १५ करोड लगानीमा होटल ‘स्टन ब्लू’ खुल्यो । होटलमा लगानी गरेका नरेन्द्र रिजालले एनआईसी एशिया बैक बाट ऋण लिएका थिए । झापाको शिवसताक्षी नगरपालिका–११ का रिजालले गत वर्ष दशैको मुखबाट होटल शुरु गर्नुभएको थियो ।

छ महिना वित्न नपाउँदै चैत ११ देखि भएको लकडाउनले बन्द भयो । होटल बनाउन लिएको ऋणको किस्तानै बुझाउन गाह्रो भएको स्टन ब्लुका सञ्चालक नरेन्द्र रिजाल बताउँछन । ‘महिनाको छ लाख रुपैयाँ बैंकको लकडाउनको चार महिनामा एक रुपैयाँ पनि कारोवार भएन’, रिजालले भने,‘होटल थालेकै वर्ष कोरोना माहामारीका कारण व्यवसाय बन्द भएपछि ऋण माथि ऋण थपिएर थलानै परियो ।’

बैंकको मासिक किस्ता नतिर्ने ऋणीलाई कालोसूचिमा राख्थ्यो । माहामारीपछि नेपाल राष्ट्र बैंकले लोनको २० प्रतिशत लगाईदिने भने पछि मासिक किस्तामा केही सहज भएको रिजाल बताउँछन् ।

राष्ट्र बैंकले लगाइदिने किस्ताले तत्काल कालोसूचिमा पर्नबाट जोगिने मात्रै हुन्छ भने सहुलियत पनि ऋणकै रुपमा बढ्दै जान्छ । यसबाट व्यवसायीलाई केही राहत भएपनि बैंकको ऋण भने बढिरहेको उनले बताए । ‘किस्ता निर्त नसेपछि ऋण दिनदिनै बढिरहेको छ, लकडाउन अन्त्य भएपनि आम्दानी भएको छैन’,रिजालले भने,‘लकडाउन खुलाएपनि आवतजावत नहुँदा अहिले पनि व्यवसायमा मन्दिनै छ, बैंकको ऋण अहिलेपनि पाँच करोड ऋण छ ।’

सूर्योदय नगरपालिका वडा नं. ५ को अन्तुमा स्थापना गरिएको होटल ‘माउण्ट भिजन रिसोर्ट’ गत वर्षको माघ महिनादेखि सञ्चालनमा आएको थियो । ४० लाखको लगानीमा बनाइएको होटल सञ्चालन थालेकोे दुईमहिना पछि बन्द भयो । लकडाउन पछि बन्द भएको होटल अहिले पनि खुलेको छैन ।

माउण्ट भिजन रिसोर्ट बनाउन होटल सञ्चालक मनोज कुमार केसीले सनराईज बैँक र झापाको एक सहकारीबाट ऋण लिएका छन् । बैंकबाट त्रैमासिक रुपमा ५० हजार रुपैयाँ किस्ता बुझाउने गरी ऋण लिएको भएपनि अहिले उनलाई किस्ता तिर्न धौधौ छ । सहकारीमा हालसम्ममा एक लाख १७ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

सहकारीमा मासिक रुपमा बुझाउनुपर्ने रकमको जोहो गर्न नसकेपछि सहकारीको व्याज पनि सावा बराबरकै ऋणमा परिणत गरेको केशीले बताए । ‘ऋण काडेर पर्यटकीय क्षेत्रमा रिसोर्ट बनाउन थाले, सञ्चालन शुरु गरेको दुई महिनामै बन्द भयो’, केशी भन्छन्,‘ व्यवसायनै बन्द भएपछि आम्दानी सुको छैन, ऋण बढेको बढेकै छ ।’ सरकारले होटल खुलाउने निर्णय गरेपछि पाँच जना कामदार राखेर होटल खुलाएका थिए । तर पर्यटक नभएपछि कामदारलाई घर पठाएर परिवारकै दुईजनाले होटल खोलेर बसेका छन् । तर, पर्यटक नभएपछि होटल रुघ्ने भन्दा अरु केही नभएको केशीले बताए ।

कोरोनाको माहामारी पछि देखिएको आर्थिक संकटका कारण इलाम सदरमुकाममा चलिरहेका होटलहरु धमाधम बन्द हुन थालेका छन् । थप आर्थिक क्षति ब्यहोर्न नसक्ने भन्दै व्यवसायीले हाटल बन्द गरेर घरधनीलाई चाबी बुझाउन थालेका हुन् । इलामको चोक बजारको बसपार्कमा २५ वर्षदेखि सञ्चालनमा रहेको तमु होटल कोरोना कहरकै कारण बन्द भयो ।

होटल सञ्चालक हिमा गुरुङ्गले थप आर्थिक क्षति व्यहोर्न नसक्ने अवस्था आएपछि व्यवसाय बन्द गर्नुपरेको बताउँछिन् । बसपार्कमै रहेको गजुरमुखी होटल सञ्चालन गरिरहेका कृष्ण राईले भदौको शुरुदेखिनै होटल चलाउन छाडेका छन् । बसपार्कमै होटल हाम्रो पोखरेली होटल चलाइरहेका बिजय राईपनि बसपार्कको होटल बन्द गरेर ठाउँ सर्दैछन् । उनी बसपार्क भन्दा अपायक पर्ने ठाउँको निर्माणाधिन घरमा होटल चलाउने तयारीमा छन् ।

होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले लकडाउँन यता जिल्लामा सञ्चालित ठूलो लगानीको होटलबाट दैनिक ४० हजार हाहारहारी, मझौला लगानीका होटलबाट होटलबाट २० हजार हाहारहारी र साना होटललाई छ हजार रुपैयाँ नोक्सानी हुने अनुमान गर्छन् ।

‘१० देखि १५ लाख सम्म लगानीमा खुलेका साना होटलहरु सामानय रुपमा चलेको भएपनि कर्जा लिएर ठूलो लगानीमा बनाइएका होटल बढि समस्यामा छन्’, पौडेलले थपे,‘सरकारले अन्य विभिन्न क्षेत्रका व्यवसायमा अनुदान समस्यामा परेका होटल व्यवसायमा लगानी नगरेका कारण व्यवसायनै संकटमा परेको हो ।’ होटलमा गरिएको सवै लगानी व्यसायीकै हुने भएकाले कोरोनाका माहामारी पछि उत्पन्न भएको आर्थिक संकटका कारण थला परेको पौडेलले बताए ।

‘पर्यटन क्षेत्र पुरानै अवस्थामा नफर्किएसम्म सरकारले अनुदान दिए निजी क्षेत्रबाट धानिएको व्यवसायीलाई केहि सहज हुने थियो’, उनले थपे ‘बैंकबाट ऋण लिएर व्यवसाय गरेकाहरुलाई केही समस्या देखिने वित्तिकै बैंकहरुले झन तागेता गर्ने र थप ऋण पनि नदिने भएकाले व्यवसाय धान्नै समस्या भएको हो ।’

वि.सं.२०७७ कात्तिक २ आइतवार ०७:५९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...