काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपीओ आज (बुधवार)बाट कारोबार खुल्ने भएको छ । मंगलवार नेप्सेमा सूचीकृत भएसंगै आजदेखि कारोबार खुल्ने भएको हो ।
मंगलवार कम्पनीको १ करोड कित्ता शेयर नेप्सेमा सुचिकृत भएको थियो । आज हुने पहिलो कारोबारका लागि नेप्सेले १०३.७३ देखि ३११.१९ सम्मको सुरुवाती रेन्ज तोकेको छ ।
कम्पनीले असोज २१ गतेदेखि प्रतिशेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको थियो ।सर्वसाधारण शेयर निष्काश न गरे पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुगेको छ ।
वि.सं.२०७७ कात्तिक १९ बुधवार ०८:५९ मा प्रकाशित