back
NMB ad

चित्लाङ-थानकोट सडक बन्द

Kumari bank ad

मकवानपुर । मकवानपुरको पर्यटकीय थाहानगरबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङ(थानकोट सडक आजदेखि बन्द भएको छ।

चित्लाङ-चन्द्रागिरि-थानकोट सडक निर्माण सरोकार समितिले सार्वजनिक सूचना जारी गरेर सो मार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ।

गणेशमान सिंह मार्गअन्तर्गत चन्द्रागिरि/थानकोट सडक खण्डमा सडक फराकिलो पार्ने, बेस मिलाउने, रेडियस मिलाउने, कटिङ गर्नेजस्ता कार्य भइरहेको र सो क्रममा सेतो पहरा भन्ने ठाउँमा कटिङको कार्य भइरहेकाले सवारी आवागमन बन्द गर्नु परेको सरोकार समितिका सदस्य रामशरण नेपालले बताए।

यसअघि सडक स्तरोन्नतिको काम भइरहँदा पनि सो सडकबाट सवारी आवागमन रोकिएको थिएन। सेतो पहरामा कटिङको कार्य हुँदा सवारी आवागमन रोक्नैपर्ने भएकाले राकिएको सरोकार समितिले स्पष्ट पारेको छ।

पछिल्लोपटक स्थानीयवासीले स्वःस्फूर्तरुपमा सरोकार समिति बनाएर समितिकै निगरानीमा चन्द्रागिरि(थानकोट सडक खण्डमा स्तरोन्नति भइरहेको छ। विसं २०७१ मा सडक स्तरोन्नतिसम्बन्धी निर्माण कम्पनीसँग सम्झौता भएर पटक/पटक म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेपछि स्थानीयवासीले ठेकेदारमार्फत् काम गराइरहेका छन्।

वि.सं.२०७७ कात्तिक १९ बुधवार १३:४३ मा प्रकाशित

You can share this post!

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...