back
NMB ad

कोभिड–१९ बाट प्रभावित उद्योग तथा व्यवसायलाई राहत दिन ६६ अर्ब पुनरकर्जा स्वीकृत

Kumari bank ad

काठमाडौं । कोभिड– १९ बाट प्रभावित उद्योग तथा व्यवसायलाई राहत प्रदान गर्ने ध्येयका साथ रू. ६५ अर्ब ६९ करोड बराबरको पुनरकर्जा स्वीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पुनरकर्जाका लागि बैंक तथा वित्तीय संस्थाले पुनरकर्जाका लागि दर्खास्त आह्वान गरेकामा गत असोज मसान्तसम्म रू. ६९ अर्ब ४ करोड माग भएकामा रु ५० अर्ब ७ करोड स्वीकृत भएको छ ।

यसैगरी ग्राहक मूल्याङ्कनअनुसार प्रदान गरिने पुनरकर्जाका लागि रू. ५५ अर्ब २५ करोड माग भएकामा रू. १५ अर्ब ६२ करोड स्वीकृत भएको छ । सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्दै लक्षित क्षेत्र र वर्गको पहुँच सुनिश्चित गर्ने प्रयास गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । उनले पुनरकर्जा लिनेमा ताप्लेजुङ, बैतडी, दार्चुलादेखि सुगम जिल्ला तथा त्यस मातहतका नगरपालिका र गाउँपालिकालाई समेटिएको बताए ।

‘कुनकुन स्थानीय निकायबाट पुनरकर्जाको माग आएको छैन भनेर अध्ययन पनि भइरहेको र सकेसम्म सबै पालिकामा पुगोस् भन्ने ध्येय राखिएको छ’ , गभर्नर अधिकारीले भने ।

कृषि तथा पशुपक्षी कर्जाबाहेकका कार्यविधिमा उल्लेखित अन्य कर्जामा ग्रामीण इलाकालाई प्राथमिकतामा राखी विसं २०७८ असार मसान्तसम्ममा वाणिज्य बैंकले ५०० वा न्यूनतम प्रतिशाखा १० तथा राष्ट्रियस्तरका विकास बैंकले ३०० वा न्यूनतम प्रतिशाखा पाँचमध्ये जुन बढी हुन्छ सोहीबमोजिमको सङ्ख्यामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रियस्तरबाहेकका विकास बैंक तथा वित्त कम्पनीले क्रमशः न्यूनतम २०० र १०० सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । गत असोज मसान्तसम्ममा कुल ४१ हजार ६१८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रू. ७२ अर्ब ४७ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २७ हजार ३६९ ऋणीलाई रू. ६१ अर्ब २५ करोड र सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत १४ हजार २४९ ऋणीको रू. ११ अर्ब २२ करोड कर्जा बक्यौता रहेको छ ।

चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै उद्योग, पेशा, व्यवसायको पुनरुत्थानमा सहयोग पु¥याउने, पुनरकर्जामा पहुँच अभिवृद्धि गर्ने र विद्यमान पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ । त्यसका लागि पुनरकर्जा कार्यविधि लागू गरी उपलब्ध कोषको पाँच गुणासम्म पुनरकर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

वाणिज्य बैंकले कुल कर्जा लगानीको कृषि क्षेत्रमा गत असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत लगानी गरेका थिए । सोहीअनुसार २०७९ असार मसान्तसम्म १३ प्रतिशत र २०८० असार मसान्तसम्म १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै गत असोज मसान्तमा वाणिज्य बैंकले आफ्नो कुल कर्जा लगानीको ९ दशमलव ५ प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेका छन् । यस्तै वाणिज्य बैंकले कूल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम छ प्रतिशत, २०७९ असार मसान्तसम्म सात प्रतिशत, २०८० असार मसान्तसम्म नौ प्रतिशत र २०८१ असार मसान्तसम्म १० प्रतिशत ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

गत असोज मसान्तमा वाणिज्य बैंकले आफ्नो कूल कर्जा लगानीको ५ दशमलव द६ प्रतिशत ऊर्जा क्षेत्रमा प्रवाह गरेका छन् । कोभिड–१९ बाट अतिप्रभावित हवाई उड्डयन व्यवसाय, यातायात, होटल, रेष्टुरेन्टलगायतका पर्यटन क्षेत्रका उद्यम–व्यवसाय पुनरुत्थानका लागि चालू पूँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनरकर्जा प्रवाहमा प्राथमिकता दिइएको छ ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १०:४१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...