काठमाडौं । खाने तेलको (तोरीको तेल, सूर्यमुखी तेल तथा भटमास) मूल्य बढेको छ । प्रशोधन उद्योगहरुले खाने तेलको मूल्य बढाएका हुन् ।
सबैजसो खाने तेलको मूल्य १० देखि २० प्रतिशतसम्म बढेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले जानकारी दिनुभयो ।
बृद्धि भएसंगै सूर्यमूखी तेलको मूल्य अहिले २०० रुपैयाँ पुगेको छ । आधा लिटर तेलको मूल्य नै १ सय रुपैयाँ पुगेको छ । यसअघि औसतमा प्रतिलिटर १७० रुपैयाँ रहेको थियो ।
वि.सं.२०७७ मंसिर २१ आइतवार १८:३९ मा प्रकाशित