काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा पुस २० गते हुने भएको छ । सभामा गत आर्थिक वर्षको वित्तीय विवण पारित गर्नेछ ।
१११ मेगावाटको रसुवागढी आयोजना निर्माण गरिरहेकाले सेयरधनीलाई लाभांश दिने छैन् । आयोजनाबाट आगामी असारदेखि बिजुली बाल्ने योजना कम्पनीको छ ।
साधारणसभा चिलिमे जलबिद्युत कम्पनीको सभाहल धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्नेछ । पुस ११ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।
वि.सं.२०७७ मंसिर २२ सोमवार ११:५९ मा प्रकाशित