back
NMB ad

स्टार्टअपलाई नीति बनाउँदै सरकार

Kumari bank ad

काठमाडौं । स्टार्टअप (नवप्रवर्तन शुरुआती व्यवसाय)लाई प्रोत्साहनका साथै छूट तथा सहुलियत दिने विषयमा नेपालमा कुनै नीति नभएका बेला सरकारले पहिलोपटक ‘स्टार्टअप पोलिसी’को मस्यौदा बनाउने तयारी गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवप्रवर्तन शुरुआती व्यवसायलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्नेगरी मस्यौदा बनाउन गृहकार्य शुरू गरेको हो ।

नवप्रवर्तन शुरुआती व्यवसायलाई कसरी प्रोत्साहन गर्न सकिन्छ, के कस्ता सुविधा दिँदा स्टार्टअप व्यवसायलाई सघाउ पुग्छ र अन्तरराष्ट्रिय अभ्यास के छ भन्ने विषयलाई लिएर मन्त्रालयले सम्बन्धित व्यवसायी तथा स्टेक होल्डरसँग छलफल शुरू गरेको हो ।

भर्खरै व्यवसाय शुरू गरेका, नयाँ प्रविधि तथा उद्यममा आधारित भएर कम्पनी र उद्यम सञ्चालन गरेकाहरूलाई प्रोत्साहन गर्न, छूट, सहुलियत तथा सुविधा दिन अहिलेसम्म नेपालमा कुनै नीति नभएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

‘स्टार्टअप व्यवसायलाई नै केन्द्रित गरेर पहिलोपटक नीति बनाउन मस्यौदा बनाउन थालिएको छ,’ रेग्मीले भने, ‘यसका लागि भारत, चीन, बंगलादेश लगायत देशहरूमा भएका अभ्यासलाई पनि अध्ययन गरिएको र विज्ञसँग पनि छलफल गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार ०७:५४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...