back
NMB ad

कृषि उद्योगमा चितवनका युवाको आकर्षण बढ्दै

Kumari bank ad

चितवन । चितवन जिल्लामा यस आर्थिक वर्षको चार महिनामा ६५६ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको जानकारीअनुसार यस आर्थिक वर्षको पहिलो चौमासिकमा दर्ता भएका ६५६ उद्योगमा रू. एक अर्ब ५५ करोड १६ लाख २८ हजार लगानी छ । गत वर्ष सोही अवधिमा दर्ता भएका ७५१ उद्योगमा रू. एक अर्ब ७४ करोड १० लाख ४३ हजार लगानी थियो ।

यी उद्योगमा एक हजार ९६२ ले रोगगारी पाएका छन् भने ३७२ पुरुष र ३३९ महिला गरी ७११ जना उद्यमी बनेका छन् । यद्यपि पहिलो चौमासिकमा गत वर्षभन्दा कम उद्योग खुलेका छन् ।

चितवनमा घरेलु उद्योग कम खुल्ने गरेको पाइएको छ । यस प्रथम चौमासिकको अवधिमा ४७४ साना उद्योग, १७८ लघुउद्यम र चार घरेलु उद्योग दर्ता भएका छन् ।

यस आवको साउनबाट कार्यालयमा लघु उद्योग दर्ता नहुने कार्यालयका सूचना अधिकारी सुदर्शन पौडेलले जानकारी दिए । अहिले लघु उद्योगको दर्ता स्थानीय तहमा नै हुने गरेको छ ।

पहिलो चौमासिकमा दर्ता भएका उद्योगमा कृषि तथा वनजन्यतर्फ मात्र ४७८ उद्योग दर्ता भएका छन् । यसतर्फ युवाहरुको बढी आकर्षण भएको पाइएको छ ।

यस्तै उत्पादनमूलकमा ६२, पर्यटनमूलकमा ६२, सेवामूलक ५४ उद्योग दर्ता भएका छन् । ऊर्जामूलक, निर्माणमूलक, विज्ञान तथा सूचना प्रविधिमूलक र खनिजजन्यमा कुनै उद्योग दर्ता भएका छैनन् । यस्तै चार महीनाको अवधिमा ७२४ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योग बन्द भएका छन् । दर्ता भएको पाँच वर्षपछि पहिलोपटक नवीकरण गर्नुपर्छ भने त्यसपछि हरेक दुई–दुई वर्षमा नवीकरण गर्नुपर्ने पौडेल बताउँछन् । त्यस्तै चार महीनामा ९७ उद्योगले रू. २३ करोड ८० लाख ८९ हजार लगानी बढाएका छन् ।

चितवनमा हाल १३ हजार १४५ साना तथा घरेलु उद्योग सञ्चालित छन् । तीमध्ये १२ हजार ५९६ पुरुष र तीन हजार ४१७ महिला गरी १६ हजार १३ उद्यमी छन् भने ५५ हजार ४९८ जनाले रोजगारी पाएका छन् । ती उद्योगमा कुल रू. २४ अर्ब नौ करोड ११ लाख एक हजार लागानी रहेको छ ।

कृषि तथा वनजन्य उद्योगमा सबैभन्दा धेरै लगानी रहेको छ भने ऊर्जामूलक उद्योगमा सबैभन्दा कम लगानी छ । कार्यालयले रू. पाँच लाखदेखि रू. पाँच करोडसम्म स्थिर पूँजी भएका उद्योग दर्ता गर्दै आएको छ । त्योभन्दा माथि पूँजी भएका उद्योग हेटौँडा र काठमाडौंमा दर्ता हुने गर्छन् ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १०:३३ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...