back
NMB ad

नारायणी किनारमा पर्यटकीय पूर्वाधार निर्माण हुँदै

Kumari bank ad

चितवन । नारायणी नदी किनारमा गुरुयोजनाअनुसार पर्यटकीय पूर्वाधारका कामलाई तीव्रता दिन थालिएको छ । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुरुप नदी किनारलाई आकर्षक बनाएर पर्यटकीय केन्द्र बनाउन लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कतिपय कामको बोलपत्रसमेत आह्वान गरेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको गुरुयोजनानुसार काम गर्न मन्त्रालयले बोलपत्रसमेत आह्वान गरेको बताए।

उनका अनुसार पैदल पथ (वाकवे), पार्किङ, बगैँचालगायत काम गर्न बोलपत्र आह्वान गरिएको हो । गत वर्ष नारायणी नदी किनारमा उद्योग वाणिज्य सङ्घ चितवनसँग सहकार्य गरेर रु एक करोड हाराहारीको काम सम्पन्न भएको छ । दाहालले भनिन्, “हाम्रो आग्रहलाई सङ्घीय सरकारले सम्बोधन गरेको छ । अब नारायणी नदी किनार आकर्षक पर्यटकीय केन्द्र बन्नेछ ।”

मन्त्रालयका पर्यटन विभागका इञ्जिनीयर सचीन्द्र यादवका अनुसार नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरुयोजनाअन्तर्गतको २.४ किलोमिटर वाकवे, एक सय हाराहारी चारपाङ्ग्रे सवारी अट्ने दुईवटा पार्किङ स्थल, बगैँचालगायत निर्माणका लागि बोलपत्र आह्वान गरिएको हो ।

डेढ वर्षभित्र काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । बजेट सीमा रु छ करोड ५० लाख रहेको छ । क्रमशः गुरुयोजनानुसार अन्य काम गरिँदै लगिने मन्त्रालयको योजना रहेको उहाँले जानकारी दिए ।

पर्यटकीय पूर्वाधार नहुँदासमेत आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहने यस ठाउँलाई व्यवस्थित गरिएपछि थप पर्यटकीय गतिविधि हुने अपेक्षा महानगरले गरेको छ ।

बिहानीको हिँडाइदेखि साँझमा टहलिनेसम्मको भीड हुने यहाँ अहिले सोलार बत्ती जडान गरिएको छ । दिउँसो र साँझ खानाका स्टलहरु खाएर नदी किनारमा रमाउनेहरु प्रशस्त भेटिन्छन् ।

यस ठाउँमा बगैँचा, फुटबल मैदान, भलिबल कोट, ब्याडमिन्टन कोट, बिच भलिबल क्षेत्र, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा क्षेत्र, बालबालिकाको खेल क्षेत्र, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायतका संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । नगरपालिकाका इञ्जिनीयर अस्मिता खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको २ दशमलव ५ किलोमिटर लामो सो भू–भाग १५ बिगाह क्षेत्रमा फैलिएको छ ।

खनालका अनुसार त्यस भू–भागलाई पाँच भागमा विभाजन गरेर संरचनाहरु निर्माण गर्ने गरी विस्तृत अध्ययन प्रतिवेदन परामर्शदाता कम्पनीले तयार गरेको हो । रु २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । नदी किनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिनेछ ।

बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी क्षेत्र, आरती क्षेत्र, धार्मिक प्रवेश क्षेत्र र हरियाली क्षेत्र रहनेछन् ।

महानगरको शहरी क्षेत्रमा बसोबास गर्नेहरुका लागि नदी किनार निकै उपयोगी हुनेछ भने आन्तरिक र बाह्य पर्यटकका लागि पनि आकर्षक केन्द्रविन्दु बन्ने प्रमुख दाहालको विश्वास छ । पवित्र तीर्थस्थल देवघाट र नवलपरासी क्षेत्र नदी किनारबाट अवलोकन गर्न सकिनेछ । दाहालका अनुसार किनारका संरचना बन्दै गर्दा विभिन्न खेलहरु पनि खेल्न सकिनेछ । दाहालले भनिन्, “म प्रमुख भएसँगै नारायणी नदी किनारलाई व्यवस्थित गर्ने योजनानुसार कामले गति लिएको छ ।” सङ्घीय र प्रदेश सरकार यस क्षेत्रलाई विकास गर्न सकारात्मक भएकाले गुरुयोजनानुसार अन्य काम छिट्टै अघि बढ्ने उनले विश्वास व्यक्त गरिन् ।

सामुन्द्रिक किनारको अनुभूति त्यहाँ पुग्ने जो कोहीले पाउने गरी संरचनाहरु निर्माण गर्न लागिएको उनको भनाइ छ । मुख्यरुपमा आन्तरिक पर्यटक र बाह्यलाई पनि नदी किनार महत्वपूर्ण गन्तव्य बन्ने दाहालको भनाइ छ ।

धार्मिक दृष्टिले नारायणी नदी महत्वपूर्ण मानिन्छ । सोही नदीको तटमा व्यवस्थित संरचनाहरु बनेसँगै धार्मिक भक्तजनदेखि नदी किनारमा खानपिन र खेल्न रुचाउनेसम्मको आकर्षणको केन्द्र नदी किनार बन्ने अपेक्षा लिइएको छ ।

विश्वका ठूला शहरमा पर्यटकको मुख्य आकर्षण नदी र सामुन्द्रिक किनार हुने गर्दछन् । नेपालमा धेरै सुन्दर नदीहरु भएर पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षणमा नदी र तिनका किनार क्षेत्र कमै मात्र पर्ने गरेका छन् ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १३:२१ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...