back
NMB ad

चार्जिङ स्टेशन निर्माणका लागि बागमती प्रदेशका आठ पालिकाले देखाए रुचि

Kumari bank ad

हेटाैँडा । बागमती  प्रदेश सरकारले सञ्चालन गर्न लागेको विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन (विद्युत् पुनःभरण केन्द्र) निर्माण गर्न यहाँका आठ स्थानीय तहले जग्गा उपलब्ध गराउन इच्छा देखाएका छन्।

सरकारले स्टेशन निर्माणका लागि जग्गा उपलब्ध गराउने सम्बन्धी आशयपत्र प्रस्तुत गर्न प्रदेशका ११९ वटै स्थानीय तहलाई आह्वान गरेर सूचना प्रकाशित गरेको थियो।

सरकारको आह्वानपछि चितवनको भरतपुर महानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, धादिङको गल्छी गाउँपालिका, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका, शङ्खरापुर नगरपालिकालगायत आठवटा स्थानीय तहले चार्जिङ स्टेशन निर्माणका लागि जग्गा उपलब्ध गराउने आशयपत्र मन्त्रालयमा प्रस्तुत गरेको प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डका नवनियुक्त निमित्त कार्यकारी निर्देशक डा सहदेव भण्डारीले जानकारी दिए।

बागमती प्रदेशका धुलिखेल, भरतपुर, काठमाडौँ उपत्यका, हेटौँडा, नुवाकोट र सिन्धुलीमा विद्युतीय बस सञ्चालनका लागि सातवटा रुट तय गरिएको छ। चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, स्थानीय तह र प्रदेश सरकारले संयुक्तरुपमा काम अगाडि बढाउने तयारी भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

बागमती प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रममा विसं २०८५ वैशाखसम्म खनिज तेलबाट चल्ने सवारी साधनलाई विद्युतीय र वैकल्पिक ऊर्जाबाट चल्ने साधनले विस्थापित गर्ने निर्णय गरेको थियो।

सो कार्यका लागि प्रदेश सरकारले यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड गठन आदेश–२०७७ समेत जारी गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए।

“हाल बोर्डका निमित्त कार्यकारी निर्देशकमा डाक्टर सहदेव भण्डारीलाई जिम्मेवारी तोकेर काम अगाडि बढाइएको छ”, उनले भने। मन्त्री फुयालले बोर्डको कार्यकारी निर्देशक एकजना र उपकार्यकारी निर्देशक दुईजनाको पदपूर्तिका लागि गोरखापत्रमा सूचना प्रकाशित गरिएको जानकारी दिँदै पदपूर्ति खुल्ला प्रतियोगितामार्फत गरिने बताए। रासस

वि.सं.२०७७ मंसिर २४ बुधवार १९:१३ मा प्रकाशित

You can share this post!

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...