back
NMB ad

पार्किङस्थलसहितको ‘सिटीमार्ट’ निर्माण अन्तिम चरणमा

Kumari bank ad

इलाम । शहरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले निर्माण गरिरहेको ‘सिटी मार्ट सपिङ कम्प्लेक्स’ अन्तिम चरणमा पुगेको छ । बजारमा किनबेचका लागि व्यवस्थित भवन नहुँदा नगरले रु १५ करोडको लागतमा इलाम चोक बजार नजिकै भवन बनाएको हो ।

आर्थिक वर्ष २०७४/७५ मा रु ११ करोड ८४ लाख ८४ हजार लागत अनुमान गरिएकामा पछिल्लो समय लागत बढेर रु १५ करोड ९२ लाख ३७ हजार पुगेको छ ।

भवन पुस मसान्तसम्ममा सकिने नगरपालिकाको अनुमान छ । गत वर्षको अन्त्यसम्ममा निर्माण सक्ने बताए पनि विविध कारणले पछाडि धकेलिएको हो । “कोरोनाका कारण ढिलो भएको हो”, इलाम नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले भने, “जहाँतहीँबाट मजदुर ल्याउन नमिल्ने, कोरोना सङ्क्रमित भनेर ल्याउन नदिने भएकाले ढिला भएको हो ।”

गुरागाईंका अनुसार भवनको भित्री काम सकिएकाले अब बाहिर काम सक्दा सञ्चालनमा ल्याउन सकिन्छ । भवनमा ७८ वटा सटर पसल, १३० जना क्षमताको एक पार्टी प्यालेस हल र १२० जना क्षमताको एक रेष्टुराँ रहने छ । गुरागाईंका अनुसार भवनका अगाडि दुई ब्लकमा पाँच पसल रहने छन् ।

भवनको माथिल्लो तलामा मोटरसाइकल पार्किङ र भवनसँग जोडिएको र तलतिरको ब्लकमा मासु पसल राखिने छ । भवनका दुई ब्लकमा पाँच सटर पसल, सब्जी बजार व्यवस्थित गर्न तल थप ग्यावियन वालको चेकड्याम र नाली निर्माण कार्य हुने नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए।

वि.सं.२०७७ मंसिर २५ बिहीवार ०९:०४ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...