back
NMB ad

किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण

Kumari bank ad

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिए ।

ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा बिरुवासम्म ५० प्रतिशत सहुलियतमा वितरण गरिएको उनले बताए । सफल भएमा आगामी दिनमा यसलाई प्राथमिकताका साथ अघि बढाइने उनको भनाइ छ ।

उनका अनुसार १९० वटा बिरुवा वितरण गरिएको छ । साथै किसानका लागि ड्रागन फ्रुट खेती गर्ने पद्धतिबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।

यसैबीच वडाले १० जना किसानलाई जनही एकरएक वटा हजारी पनि वितरण गरेको छ । दिसा र पिसाब छुट्याएर प्रयोग गर्ने इकोसान शौचालय पद्धतिको तालीममा सहभागी १० जना किसानलाई उक्त हजारी निःशुल्क वितरण गरिएको हो ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार ०९:०७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...