back
NMB ad

बागलुङमा साढे एक हजार निजी आवास पुनःनिर्माण

Kumari bank ad

बागलुङ । भूकम्प गएको पाँच वर्ष बित्नै लाग्दा बागलुङ जिल्लामा एक हजार ५२९ निजी आवास पुनःनिर्माण भएका छन् ।

विसं २०७२ को भूकम्पले क्षतिग्रस्त जिल्लाका दुई हजार २४२ घरमध्ये हालसम्म एक हजार ५२९ घरको पुनःनिर्माण सम्पन्न भएको छ । बागलुङमा हालसम्म पुनःनिर्माणको भौतिक प्रगति ६६ प्रतिशत छ ।

भूकम्पले क्षति पुर्याएका निजी आवास निर्माण गर्न बनेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले पछिल्लो समय पुनःनिर्माणले गति लिएको जनाएको छ । पछिल्लो पटक नेपाल सरकारले निजी आवास पुनःनिर्माणमा लाभग्राहीले निर्माण गरेका घरलाई समेत रकम दिने निर्णय गरेपछि पुनःनिर्माणको प्रगति बढेको हो ।

जिल्लामा पुनःनिर्माणतर्फका दुई हजार ४८२ लाभग्राहीको घर पुनःनिर्माण र १७१ घर प्रबलीकरण गर्ने सूचीमा रहे पनि जम्मा दुई हजार ३१७ लाभग्राहीले पुनःनिर्माणका लागि र १२५ लाभग्राहीले प्रबलीकरणका लागि सम्झौता गरेकोमा हालसम्म एक हजार ५२९ घर पुनःनिर्माण र जम्मा दुई घर प्रबलीकरण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बगालुङका प्रमुख रेणुकाकुमारी पण्डेयले जानकारी दिए। “निजी आवासमा ६६ प्रतिशत घर पुनःनिर्माण सम्पन्न भएका छन्”, पाण्डेले भने, “सम्झौता गरेका लाभग्राहीमध्ये दुई हजार ३९८ घरले पहिलो, एक हजार ७६६ घरले दोस्रो र एक हजार ५२९ घरले तेस्रो किस्ता बुझेका छन् ।” तीमध्ये उनीहरुले ६६ प्रतिशत घर निर्माण सम्पन्नपश्चात्को अन्तिम किस्ता लिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बगालुङले जनाएको छ ।

सम्पर्कमा छैनन् २११ लाभग्राही

निजी आवास पुनःनिर्माण लाभग्राहीको सूचीमा समावेश भएका २११ लाभग्राही सम्झौता नै गर्न नआएको पुनःनिर्माण प्राधिकरण बागलुङले जनाएको छ । तीमध्ये पुनःनिर्माणतर्फका १६५ र ४६ प्रबलीकरणतर्फका लाभग्राही सम्झौता गर्न नआएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बगालुङका प्रमुख पाण्डे बताउँछन् । उनका अनुसार २११ जनालाई सम्झौता गर्नका लागि यही मङ्सिर मसान्तसम्म अन्तिम समयसीमा दिइए पनि हालसम्म कोही लाभग्राही सम्र्पकमा आएका छैनन् । लाभग्राहीको सूचीमा रहेका लाभग्राहीले मङ्सिर मसान्तभित्र कार्यालयमा आई सम्झौता गर्न सक्नेछन् । हरेक स्थानीय तहको वडासम्म छुटेका लाभग्राहीलाई सम्झौता गर्नका लागि आह्वान गरिएको छ ।

प्रबलीकरणमा देखाएनन् लाभग्राहीले चासो

भूकम्पले चर्काएको घर प्रबलीकरण गरेर नयाँजस्तै घर निर्माण गर्ने सूचीमा परेका बागलुङका १७१ लाभग्राहीमध्ये जम्मा दुई जनाले मात्रै घर प्रबलीकरण गरेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ बागलुङका अनुसार १७१ लाभग्राहीमध्ये १२५ जनाले प्रथम किस्ताबापतको रु ५० हजार लगे पनि दोस्रो किस्ता लिन जम्मा दुई जना प्रबलीकरणतर्फका लाभग्राही आएका छन्।

क सय २३ प्रबलीकरणका लाभग्राहीले घर प्रबलीकरण गर्न चासो नदेखाएको एकाइ प्रमुख पाण्डेको भनाइ छ । अलि महँगो र प्राविधिकरूपमा झञ्झट भएकाले प्रबलीकरणमा चासो नदेखाएको लाभग्राही बताउँछन् ।

प्रबलीकरण गर्न आवश्यक रहेको घर भत्काएर पुनःनिर्माण गर्न खोजेमा पुनःनिर्माणतर्फ रु तीन लाख अनुदान दिइने व्यवस्था भए पनि लाभग्राही नआएको एकाइ कार्यालयको भनाइ छ ।

प्रबलीकरणका लाभग्राहीले पाउने अनुदानले घरलाई बलियो बनाउन नपुग्ने भएका कारण पनि लाभग्राही आकर्षित नभएको हुनसक्ने एकाइको अनुमान छ । घर पुनःनिर्माण गर्नका लागि तीन किस्तामा रु तीन लाख र प्रबलीकरण गर्न दुई किस्तामा रु एक लाख अनुदान रकम दिइँदै आएको छ ।

जिल्लामा अन्य संरचना पनि पुनःनिर्माण

पुनःनिर्माण प्राधिकरणले निजी आवाससँगै एकीकृत बस्ती निर्माण, सडक मोटरेबल पुल तथा मन्दिर निर्माण गरिरहेको छ । प्राधिकरणले रु १७ करोड लागतमा बुर्तिवाङ–तमानखोला सडकको १० किलोमिटर सडक ग्राभेल गरेको छ ।

उक्त सडकमा पर्ने लुकुरबन र भालुबाङ खोलामा दुई मोटरेबल पुल निर्माण गरिरहेको प्राधिकरण कार्यालयले जनाएको छ । बागलुङ नगरपालिका–११ स्थित रायडाँडामा गुम्बा निर्माण गर्नसमेत पुनःनिर्माण प्राधिकरणले काम अगाडि बढाएको छ ।

झण्डै रु ६३ लाखको लागतमा निर्माण थालिएको ८०० वर्गमिटरको गुम्बा दुई तलाको हुनेछ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १० परिवारका लागि एकीकृत बस्ती निर्माण गर्न जग्गा खरिद भए पनि घर निर्माण अगाडि बढेको छैन ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार ०९:१५ मा प्रकाशित

You can share this post!

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३४

रसुवा, ४ जेठ : नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ...

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा...

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:४३

काठमाडौँ, ४ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १०...