back
NMB ad

मजदुरलाई पारिश्रमिकमा चित्त बुझाएपछि अरुण तेश्रोको काम सुचारु

Kumari bank ad

संखुवासभा । संखुसवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम आजबाट सुचारु भएको छ । मजदुरहरुको आन्दोलनका कारण अबरुद्द अरुण तेस्रो आयोजनाको काम मजदुर र आयोजनाबीच सहमति भएपछि काम सुचारु भएको हो ।

दुई पक्षबीचको वार्तापछि भौतिक पूर्वाधार कार्यालयको दर अनुसार नै तलबभत्ता दिने सहमति भएको छ । अरुण तेस्रोको ड्याम साइडका मजदुरले ९ बुँदे माग राखेर गत सोमबारबाट आयोजनाको काम अवरुद्ध पारेका थिए। मजदुरको माग अनुसार नै सहमति जुटेपछि अब काम अगाडि बढ्ने आयोजनाले जनाएको छ ।

आयोजनाका मजदुरले समान कामको समान ज्याला र जिल्ला दररेट अनुसार तलब नपाएको गुनासो गर्दै पटक पटक पारिश्रमिक बढाउनुपर्ने माग राख्दै आएपनि आयोजनाले वास्ता नगरेका कारण काम नै रोक्नुपरेको जनाएका छन ।

सङ्खुवासभाका साहयक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनी र मजदुरबीचको छलफलपछि सहमति जुटेको थियो ।

वार्ताबाट आयोजनाका मजदुरलाई ८ घण्टाभन्दा धेरै काम गर्नेलाई १ दशमलव ५ प्रतिशतले ओभरटाइम भत्ता दिने, जुनसुकै मजदुरदारलाई काम बिगारेको खण्डमा स्पष्टिकरण सोध्ने र सफाइको एकपटक मौका दिएर मात्रै कामबाट निकाल्ने समझदारी भएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनु भयो ।

जिल्ला दररेटअनुसार दक्ष मजदुरले ९ सय ४० रुपैयाँ, अर्ध दक्षले ७ सय ७५ रुपैयाँ र ज्यामीले ६ सय ५० रुपैयाँ पाउनुपर्ने व्यवस्था गरिएको छ । मजदुरलाई ८ घण्टाको ड्युटी गर्ने भनी नियुक्ति दिए पनि दैनिक १२ घण्टासम्म काम लगाएको गुनासो गर्दै आएका थिए ।

अरुण तेस्रो सुरुङमार्ग निर्माणलगायत ड्यामसाइडको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्स्ट्रक्सनले गरिरहेको छ। उक्त छलफलमा स्थानीयलाई आयोजनाको काममा प्राथमिकता दिने सहमति समेत भएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

छलफलमा जनशक्ति आपूति गर्ने (मेनपावर) कम्पनीहरुले स्थानीय कामदारलाई प्राथमिकता दिन लगाउने सम्झौता भएको छ। २३ वटा जनशक्ति आपूर्ति कम्पनीमार्फत श्रमिकहरु अरुण तेस्रो आयोजनाले लिने गरेको छ ।

मकालु गाउँपालिकामा रहेको ६ वटा जनशक्ति आपूर्ति कम्पनीलाई सूचीकृत गराएर ती कम्पनीमार्फत पनि जनशक्ति लिने वातावरण बनाउने समझदारी भएको घिमिरेले बताउनु भयो । अरुण तेस्रो परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

यो आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुनेछ । मकालु–५ फ्याक्सिन्दा दोभानदेखि ११ किलोमिटर सुरुङ खनेर चिचिला गाउँपालिका– २ को पुखुवामा विद्युत गृह रहने छ ।

पावरहाउस निर्माणको काम पुखुवामा भारतीय पटेल इन्जिनिरिङ कम्पनीले गरिरहेको छ । अरुण तेस्रो आयोजनाबाट सन् २०२२ मा उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार १२:४१ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...