back
NMB ad

मकवानपुरमा गाँजा फडानी तीब्र,४ दिनमा २२० बिगाह क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट

Kumari bank ad

मकवानपुरमा गाँजा फडानीगर्नेकाम तीब्र ४ दिनमा २२० बिगाह क्षेत्रमा लगाइएको गाँजा खेती नष्टमकवानपुर प्रहरीले जिल्लाको गाँजाखेती नष्ट गर्न प्रहरी नायव उपरीक्षक(डिएसपी) ईन्द्रबहादुर रानाको कमाण्डमा प्रहरी परिचालन गरेको छ । डिएसपी रानाको कमाण्डमा मकवानपुरको राक्सिराङ पुगेको प्रहरी टोलीले २२० बिगाहा गाँजाखेती नष्ट गरेको छ । पछिल्लोसमयमा प्रहरीले जिल्लामा लुकिछिपीरुपमा गरिएको अवैद्य लागूऔषध गाँजा खेती नष्टगर्ने कामलाई तीव्रता दिएको हो । दुईसय २० बिगाह गाँजा खेती प्रहरीले ४ दिन लगाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरोसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाको कमाण्डमा संयुक्तरुपमा खटिएको ८६ जनाको प्रहरी टोलिले गत मंसिर २० गतेदेखि २४ गतेसम्म चारदिन लगाएर मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २, ३, ४, ५, ८ र ९ को अठारे, धस्राङ, गेजुराङ, कर्लिङ्ग, हाप्राङ, घट्टेखोला, भेडुल, च्यामती, लावती, सरिखेत, पलाँसे, धुरकोट, माईसिराङ, स्वाँरा, गेजुराङ, हाप्राङ, कर्लिङ, वाङचिङ, भैडुल, तरलिङ, लोच्यो, देविटार लगायतका विभिन्न स्थानहरुमा गरी कूल दुई सय २० विगाहा क्षेत्रमा लगाइएको गाँजा खेती फडानीगरी डढाएर नष्ट गरिएको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिनुभयो ।

यसअघि मकवानपुरको बकैयामा लगाइएको तीन बिगाहा गाँजा खेतीसमेत प्रहरीले नष्ट गरेको थियो । प्रहरीका अनुसार गत मंसिर १७ गते बकैया गाउँपालिकाको गोवरस्थानमा गाँजा खेती गरेको छ भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय फाफरवारीबाट प्रहरी सहायक निरीक्षक कमल कुमार लुङगेलीको कमाण्डमा २० जनाको प्रहरी टोली खटिइ गई ३ बिगाहा क्षेत्रफलमा लगाइएको लागू औषध गाँजा खेती फडानि गरिएको हो ।
अवैद्यरुपमा हुने गाँजाखेतीलाई निरुत्साहीत गर्न प्रहरीले हरेक वर्ष गाँजाखेती फडानी गर्ने काम गर्दै आएको भएपनि मकवानपुरको विकट क्षेत्रमा गाँजाखेती गर्ने क्रम रोकिएको छैन ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार १५:२७ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...