back
NMB ad

नेपाल–भारत ऊर्जा बैठक, यस्ता छन् नेपालका प्राथमिकता

Kumari bank ad

काठमाडौं । बिहीबारदेखि नेपाल भारतबीच ऊर्जा सचिवस्तरीय संयुक्त बैठक भइरहेको छ । बैठक विद्युत् प्रसारण र वितरण प्रणालीमा केन्द्रित भएको बताइएको छ ।

आज सकिने बैठकमा ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन र बुटवल–गोरखपुर प्रसारण लाइनबारे छलफल भइरहेको छ । त्यस्तै लम्की–बरेली र इनरूवा–पूर्णिया ४०० किलोभोल्टको प्रसारण लाइनलाई पनि नेपालले प्राथमिकताका साथ उठाएको छ ।

बैठक कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट भइरहेको छ। अघिल्लो बैठक भारतमा भएको थियो। ऊर्जा मन्त्रालयका सहसचिव प्रविणराज अर्यालका अनुसार ११ वटा प्रसारण लाइन र नयाँ पूर्वाधारका निर्माणका विषयमा छलफल केन्द्रित छ ।

बिहीबारको बैठकमा टनकपुरबाट ट्रान्सफर्मरको क्षमता बढाउन नेपालले प्रस्ताव गरेको थियो।  दुवै देशको विद्युत् खपतका लागि ‘एक्सचेन्ज मार्केट’मा विषय पनि कुराकानी अगाडि बढेको अर्यालले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल करिब १,३६० मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

अबको केही महिनामा नयाँ आयोजना सम्पन्न हुने चरणमा पुगेकोले विद्युत् निर्यातको अवस्था आउन लागेको प्राधिकरणको आँकलन छ ।उच्च माग हुने साँझको समयमा बढीमा १,२८० मेगावाट विद्युत् खपत हुने प्राधिरणको भनाइ छ। तर हिउँदको समयमा नदीको वहाव घटेर उत्पादन घटेकोले अहिले भारतबाट आयात गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

नेपालले हाल ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत बढीमा ३५० मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १०:५८ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...