back
NMB ad

यी १० कम्पनीहरुको साढे ३ अर्बको आईपीओ आउँदै, कुनको कति ?

Kumari bank ad

काठमाडौं । १० वटा जलविद्यत् कम्पनीहरुले साढे ३ अर्ब रुपैयाँभन्दा बढीको प्राथमिक शेयर(आईपीओ) निष्कासन गर्ने भएका छन् ।

निर्माणाधीन जलविद्युत् आयोजनामा थप पुँजी जुटाउन कम्पनीहरुले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणका लागि शेयर निष्कासन गर्न लागेका हुन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार कम्पनीले ३ अर्ब ५० करोड ६० लाख २१ हजार ८२० रुपैयाँ बराबरको ३ करोड ५० लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।

आईपीओ निष्कासनका लागि ती जलविद्युत् कम्पनीले बोर्डमा निवेदन समेत दिएका छन् । जलविद्युत् कम्पनीले सर्वसाधारणका जनताका लागि १० प्रतिशत शेयर निष्कासन गर्नुपर्ने हुन्छ ।

निकट भविष्यमै ती कम्पनीले आईपीओ निष्कासन गर्ने जनाइएको छ । बोर्डमा आईपीओ निष्कासनका लागि निवेदन दिएका जलविद्युत् कम्पनीको विवरण माथि प्रारम्भिक समीक्षा, टिप्पणी र जवाफ लिएपछि बोर्डबाट स्वीकृती हुनेछन् ।

आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिने जलविद्युत् कम्पनीहरुमा न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता शेयर रहेकोछ ।

सुभम पावर कम्पनीले ५ करोड ८० लाख ५८ हजार, तेह्थुम पावर कम्पनीले १२ करोड, हिमालय हाइड्रोपावर लिमिटेडले २२ करोड २५ लाख, बिन्धबासिनी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले २५ करोड, मैलुङखोला जलविद्युत् कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्दैछन् ।

त्यस्तै, सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४३ करोड ५० लाख रुपैयाँ, मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँ र रुरु जलविद्युत् परियोजनाले लिमिटेडले ८ करोड ९६ लाख ९५ हजार २२० रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार ११:१८ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...