back
NMB ad

२६ औं महानगर दिवस मनाउँदै काठमाडौं महानगरपालिका

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार २६ औं महानगर दिवस मनाउने भएको छ ।

कोभिड संक्रमणको जोखिमका कारण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी महानगर दिवस मनाउन लागेको हो ।

महानगर पालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष सोही दिन महानगर दिवस मनाउँदै आएको छ ।

मेयर विद्यासुन्दर शाक्यले आइतबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमणको विशेष परिस्थितिमा पनि औपचारिक कार्यक्रम गरी महानगर दिवस मनाउन लागिएको बताउनुभयो ।

महानगर दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागिएको पनि मेयर शाक्यले बताउनुभयो ।  यस्तै महानगरपालिकाले अहिले सम्म गरेका कामहरु र आगामी योजनाको सम्बन्धमा पनि जानकारी गराउने कार्यक्रम रहेको मेयर शाक्यले बताउनुभयो ।

महानगर भित्रका भित्रि सडक र मूल सडकमा रातिको समयमा उज्यालो बनाउने अभियान सुरु गरिएको र आगामी तीन महिना भित्रमा महानगरपालिकाका सबै सडकमा बत्ती बल्ने उहाँले बताउनुभयो ।

महानगर दिवसका अवसरमा विभिन्न बुजाका गुरुहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि मेयर शाक्यले बताउनुभयो । यस्तै महानगरपालिकाले पहिलो जननिर्वाचित मेयर स्वर्गिय जनकमान श्रेष्ठको नाममा स्थापना गरिएको ‘जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’ २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई प्रदान गर्ने भएको छ ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १२:२८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...