back
NMB ad

धुलिखेलमा अनलाइनबाट कर भुक्तानी

Kumari bank ad

बनेपा । धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुआत गरेको छ । सेवाग्राहीका काम छिटो र छरितो बनाउन अनलाइन कर भुक्तानी सेवा शुरु गरेको नगर प्रमुख अशोक व्याञ्जुले जानकारी दिए ।

“ नगरापालिकाका सेवा लिन लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न अनलाइन कर भुक्तानी सेवा शुरु गरेका हौँ”, उनले भने, “यसले सेवाग्राहीको समय बचत हुने आशा लिएको छु ।” यसका लागि नगरपालिकाले सबै वडामा आफ्नै फाइबर जडान गर्ने उहाँले जानकारी दिए ।

नगरपालिकाका १२ वडामध्ये आठमा फाइबर जडान भइसकेको र बाँकी चारमा पनि फाइबर जडानको काम भइरहेको जनाइएको छ । कर भुक्तानी सेवाका लागि तीन कम्पनी नेपाल क्लियरिङ हाउस, इ सेवा र खल्तीसँग सम्झौता गरेर सेवा शुरु गरेको नगरप्रमुख व्यञ्जुले बताए । सेवाग्राहीले ती सेवा प्रयोग गरी अनलाइन सेवा प्रयोग गर्न सक्नेछन् ।

सेवा प्रयोग गर्न नगरपालिकामा करदाता दर्ता हुनुपर्ने र करदाताको विवरण अद्यावधिक गर्नुपर्नेछ । सेवा प्रयोग गरेबापत साझेदार कम्पनीले केही सेवा शुल्क लाग्ने जनाएको छ ।

नगरपालिकाका अनुसार अनलाइन कर भुक्तानी सेवा धरानपछि धुलिखेलले शुरु गरेको हो । वाग्मती प्रदेशमा यसकिसिमको सेवा दिने पहिलो नगरपालिका भएको बताइएको छ ।

सेवा प्रारम्भ भए पनि पहिलोपटक भएका कारण यसलाई प्रयोगमा ल्याउने काममा नगरपालिकाले सहजीकरण गर्ने छ । यसका लागि सेवा प्रयोग गरेबापत करमा छुट दिने र सबै वडामा गएर सेवाग्राहीलाई सेवा प्रयोग गर्न तालीम दिने नगरपालिकाले जनाएको छ ।

नगरभित्रका वडामा कति उद्योग, पसल र कति अन्य कुरा छ भन्ने सबै जानकारी अनलाइनमा नै हुने व्यवस्था गर्ने नगरप्रमुख व्यञ्जुको भनाइ छ ।धुलिखेलले यसअघि नगरपालिकाभित्र बजार क्षेत्रमा सिसिटिभी जडान गर्नुका साथै चोकचोकमा फ्रि वाइफाइ जोन बनाइसकेको छ ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १२:३७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...