back
NMB ad

अब कुनै पनि कर्मचारीले फेसबुक र टिकटक चलाउन नपाउने, यस्तो आयो निर्णय

Kumari bank ad

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकाले टिकटक र फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ। नगरपालिका कार्यालयभित्र कर्मचारीहरुलाई टिकटक र फेसबुक चलाउन प्रतिबन्ध लगाएको हो।

नगरपालिकाले कार्यालय हाताभित्र कुनै पनि कर्मचारीले फेसबुक र टिकटक चलाउन नपाउने नियम जारी गरेको छ । गत शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार नगरपालिकाका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक, टुइटर, भाइबर, म्यासेन्जर, टिकटक चलाउन पाउने छैनन् ।

सामाजिक संजालमा कर्मचारी व्यस्त हुँदा सेवाग्राहीको काममा असर परेको जनगुनासो आएपछि यो निर्णय गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर बुढाले बताए ।

‘कर्मचारीले फेसबुकमा समय खर्च गरेको पाइएमा ‘स्पष्टिकरण’ मागिनेछ’ उनले भने,‘कार्यालयमा बसेर सरकारी पोसाकमै टिकटक बनाउने, फेसबुक, टिकटकमा पोष्ट गर्ने, काम भन्दा अन्य बिषयमा पोष्ट, कमेन्ट गर्ने जस्ता काम हुने गरेको हुँदा यो नियम लागु गरिएको हो ।’

वि.सं.२०७७ मंसिर २८ आइतवार १२:४० मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...