काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ ।
आज नेप्से ४६.४३ अंकले बढेर दुई हजार १० दशमलब ४५ विन्दुमा पुगेको छ भने ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन समूहबाहेक अन्य सबै समूहमा हरियाली देखिएको छ ।
वि.सं.२०७७ मंसिर २८ आइतवार १५:२४ मा प्रकाशित