back
NMB ad

२ दिन सार्वजनिक बिदा !

Kumari bank ad

काठमाडौं । पर्यटन मन्त्रालयलले सार्वजनिक बिदा हप्तामा २ दिन दिने गरी प्रारम्भिक निष्कर्ष निकालेको छ।

सार्वजनिक बिदा हप्तामा २ दिन गर्ने सम्बन्धमा गठित समितिले २ दिन उपयुक्त हुने निष्कर्षसहित प्रारम्भिक मस्यौदा तयार पारेको पर्यटन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए।

भट्टराईको संयोजकत्वमा करिब २ महिनाअघि गठित समितिले बिदा २ दिन हुँदा कार्यदक्षता बढ्नुका साथै उत्पादकत्व पनि बढ्न जाने र खर्च कटौतीमा योगदान दिने भनिएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘विविध पक्षमा गरिएको विश्लेषणबाट हप्तामा २ दिन बिदा कायम गर्दा आर्थिक रुपले कर्मचारी र कार्यालय तथा संस्थाको उत्पादनकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग हुनेछ।’

यस्तै, सामाजिक दृष्टिकोणले लैंगिक समानता कायम गर्न, काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने, पारिवारिक सामिप्यता कायम हुने र पर्यावरणीय दृष्टिकोणले सकारात्मक प्रभाव पर्न जाने देखिएकाले सार्वजनिक निकायमा हप्तामा २ दिन बिदा दिन र निजी क्षेत्रलाई पनि यस प्रकारको निर्णय गर्न प्रोत्साहन गर्न उपयुक्त हुने भनि उल्लेख गरिएको छ।

नेपालमा सार्वजनिक क्षेत्रका कर्मचारीलाई आइतबारदेखि बिहीबारसम्म विहान १० बजेदेखि साँझ ५ बजेसम्म र शुक्रबार १० देखि ३ बजेसम्म गरी हप्तामा ४० घण्टा कामको अवधि तोकिएको छ भने सार्वजनिक क्षेत्रको यस अभ्यासलाई प्रायः सबै प्रकारका निजी संस्था तथा कम्पनीले अवलम्बन गरेको पाइन्छ।

आर्थिक, सामाजिक, राजनैतिक, सास्कृति जस्ता विभिन्न कोणको विश्लेषण गरेर तयार पारिएको प्रतिवेदनलाई सबै क्षेत्रको टिकाटिप्पणीका लागि भनेर मन्त्रालयको वेभसाइटमा सार्वजनिक गरिएको छ।

निजी क्षेत्रले पनि सरकारको यस निर्णयलाई मनन गर्न र कार्यन्वयन गरी सहयोग गर्न भनिएको छ। ‘एक हप्ता टिप्पणीका लागि त्यसपछि अर्को लेभलको छलफल गरेर आगामी १५ दिनभित्र मस्यौदाको अन्तिम रुप दिई सरकारलाई बुझाउँछौं’, प्रवक्ता भट्टराई बताउँछन्।

वि.सं.२०७७ मंसिर २८ आइतवार १६:१२ मा प्रकाशित

You can share this post!

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:४६

अच्युत रेग्मी गङ्गाजमुना (धादिङ), २४ वैशाख : स्वच्छ हावापानी, घना...

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:५९

ललितपुर । महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर...

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...