back
NMB ad

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०, आदर्शनगर स्थित आफ्नो वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको छ ।

उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्प राज उपे्रतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताउनु भयो ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६४ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एस्.एम् एस् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:१५

काठमाडौँ, १४ जेठ : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा...

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:०५

मनहरी (मकवानपुर), १४ जेठः आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्...

थप ६८ लाख ४२ हजार सेयर नेप्सेमा सूचिकृत

थप ६८ लाख ४२ हजार सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ १४ सोमवार १३:५२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार थप एक कम्पनीको...