back
NMB ad

गति लिँदै कर्णाली समृद्धिका आयोजना

Kumari bank ad

दैलेख । कर्णाली प्रदेशलाई नै समृद्धिको मार्गमा डो¥याउन सक्ने दैलेखमा सञ्चालित महत्वपूर्ण आयोजनाले गति लिन थालेका छन् ।

जल, जमिन, जडीबुटी र ऐतिहासिक, धार्मिक एवं पुरातत्विक हिसाबले धनी दैलेख जिल्लाको विकासमा महìवपूर्ण ती राष्ट्रिय गौरवका आयोजना अहिले निर्माणाधीन अवस्थामा छन् ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजना, राकम कर्णाली नयाँ सहर आयोजना, दुल्लु स्मार्ट सिटी, मध्यपहाडी राजमार्ग, पेट्रोलियम अन्वेषण र त्रिदेशीय सडकको काम सम्पन्न भएमा दैलेखसँगै कर्णाली प्रदेश नै समृद्धिको बाटोमा अगाडि बढ्ने निश्चित छ ।

मध्यपहाडी लोकमार्ग

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग दैलेखको विकासका लागि निकै महìवपूर्ण आयोजना हो । दैलेखमा १२५ किलोमिटर पर्ने सडक खण्डको काम अबको एक वर्षभित्र सम्पन्न हुँदैछ । सदरमुकामको विवाद समाधानसँगै अबको एक वर्षभित्र १२५ किलोमिटर सडक खण्ड कालोपत्रेसमेत हुनेछ ।

नयाँ सहर आयोजना

मध्यपहाडी लोकमार्गमै पर्ने राकम कर्णाली नयाँ सहर आयोजनाको कामले पनि लामो समयपछि गति लिएको छ । स्थानीय सरकारका जनप्रतिनिधि र जग्गाधनीबीच मुआब्जा विवादमा सहमति भएपछि नयाँ सहर आयोजनाले पनि गति लिएको हो ।

पेट्रोलियम पदार्थ अन्वेषण

दैलेखको पेट्रोलियम पदार्थ सर्वेको काम प्राथमिकताका साथ सुरु भएको थियो । चीन र नेपाली प्राविधिक टोलीले यो क्षेत्रमा पेट्रोलियमको भण्डार रहेको निष्कर्ष निकालेका छन् तर कोरोना महामारीका कारण थप अन्वेषण र सर्वेको काम हुन सकेको छैन । अहिले खानी तथा भूगर्भ विभागले चीनसँग पुनः सम्झौताको तयारी गरेको छ ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजना

लामो समयदेखि चर्चामा रहेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना मुआब्जा विवाद र लगानी जुटाउन नसकेपछि यसको काम हुन सकेको छैन । अहिले यो आयोजनाको काम शून्य छ । आयोजनाबाट प्रभावित झन्डै ४८ हेक्टर जमिनमध्ये साढे सात हेक्टरको १३ करोड ६२ लाख रुपियाँ मात्र मुआब्जा वितरण भएको छ ।

दुल्लु स्मार्ट सिटी

दैलेखकै दुल्लु स्मार्ट सिटीको काम भने बजेट अभावका कारण अगाडि बढ्न सकेको छैन । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीका अनुसार स्मार्ट सिटीका लागि विभिन्न क्षेत्रको गुरुयोजना तयार गरिए पनि बजेट अभाव हुँदा अहिलेसम्म काम हुन सकेको छैन ।

नाग्चेनाग्ला जोड्ने सडक

दैलेख, कालीकोट, मुगु हुँदै तिब्बतको नाग्चेनाग्ला जोड्ने सडकमा पनि सोचे अनुसार काम हुन नसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २९ सोमवार ०८:०९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...