back
NMB ad

काठमाडौंमा उखु किसानको प्रदर्शन

Kumari bank ad

काठमाडौं । वर्षौंदेखि चिनी उद्योगहरूबाट बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले आइतवार दिनभर काठमाडौंमा प्रदर्शन गरेका छन् ।

एक वर्षअघि चिनी उद्योगीहरूले सरकारको रोहवरमा किसानसँग पाँचबँुदे सम्झौता गर्दै बक्यौता रहेको सम्पूर्ण रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

गतवर्ष पुसमा भएको सम्झौता अनुसार २०७६ माघको पहिलो हप्ताभित्रै बक्यौताको सम्पूर्ण रकम भुक्तानी गरिसक्नुपर्ने थियो । तर, सम्झौता गरेको १ वर्ष बितिसक्दा समेत उद्योगी र सरकार दुवैले उक्त सम्झौता कार्यान्वयनमा कुनै चासो नदिएको भन्दै उनीहरूले आइतवार काठमाडौंको माइतीघर मण्डलामा प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

आइतवार भएको प्रदर्शनमा सलार्हीबाट आएका १ सय उखु किसानको सहभागिता थियो । उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले आफ्ना मागहरूलाई सरकारले बेवास्ता गरे सिंहदरबार र बालुवाटार समेत घेराउ गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

अन्य जिल्लाबाट पनि किसानहरू प्रदर्शनका लागि आउने क्रम बढेको र अबको १र२ दिनमै प्रदर्शनकारीको संख्या बढ्ने उनले बताए । उनका अनुसार चिनी उद्योगीहरूबाट उखु किसानले ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको आजका आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २९ सोमवार ०८:१३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...