back
NMB ad

सार्वजनिक जग्गा भाडामा नदिन पत्राचार

Kumari bank ad

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक जग्गा जथाभावी लिजमा दिने र हक हस्तान्तरण गर्ने कार्य नगर्न देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ ।

सार्वजनिक जग्गाहरु धमाधम अतिक्रमित भइरहेको अवस्थामा मन्त्रालयले ७ सय ५३ नगरपालिका र गाउँपालिकामा पत्र लेखर सोको संरक्षण गर्न आग्रह गरेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

पहुँच हुने, शक्तिको आडमा सार्वजनिक जग्गाहरु धमाधम अतिक्रमण गरेको जानकारीहरु प्राप्त भएको अवस्थामा मन्त्रिस्तरीय निर्णय गरेर सो आग्रह गरिएको हो । कानुनी व्यवस्थाबाहेक अन्य प्रक्रियाबाट सरकारी सम्पत्ति हस्तान्तरण, बेचबिखन, वितरण र उपयोग जस्ता कार्य नगर्न पत्रमा उल्लेख गरिएको छ ।

स्थानीय तहले वन क्षेत्रको जग्गा प्रयोगमा ल्याउन वन कानुन, राष्ट्रिय प्राथमिकता आयोजनाका लागि मन्त्रिपरिषद्को निर्णय गराउनुपर्ने प्रावधान रहेको छ । त्यसै गरी जग्गा प्राप्ति गर्नुपरेमा जग्गा प्राप्ति ऐन २०३४ अनुसारको व्यवस्था पालना गराउनुपर्ने प्रावधान रहेको छ ।

सो कानुनी व्यवस्थाविपरीत स्थानीय तहले सरकारी जग्गा संरक्षण, जग्गा दर्ता तथा लिजमा लिने, वन क्षेत्रको जग्गा प्राप्त गर्ने तथा निजी जग्गा प्राप्ति गर्ने कार्य भइरहेको सन्दर्भमा ध्यानाकर्षण गराउन सो पत्राचार गरिएको पनि प्रवक्ता अधिकारीको भनाइ रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ९७ सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्ति, ढल, नाला, पुल, पोखरी, धार्मिकस्थल, पाटी, पौवा, घर, कुवा, धारा, इनार, गौचर, पानीघाट, निकास, चोक, गल्ली, सडक, बाटो र सडकका दायाँबायाँका रुखको संरक्षणको स्थानीय तहले गर्नुपर्ने भनेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २९ सोमवार ०८:१९ मा प्रकाशित

You can share this post!

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...