back
NMB ad

कृषि सहकारी संस्थाहरूले किसानसँग न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने

Kumari bank ad

बारा । बारा जिल्लाको पाँच वटा कृषि सहकारी संस्थाहरूले किसानसँग न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई बाराले साना किसान कृषि सहकारी संस्था लिई. डुमरबाना, साना किसान कृषि सहकारी संस्था इनवासिरा, साना किसान कृषि सहकारी संस्था लि. तेतरिया, साना किसान कृषि सहकारी संस्था मनहर्वा लि. र कटेङगनमाई कृषि सहकारी संस्था लि. फेटाले किसानको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने जनाएको छ ।

पाँच वटा कृषि सहकारी संस्थाहरूसँग किसानको धान न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने परियोजनासँग सम्झौता भएकाले आफुलाई पायक पर्ने ठाउँमा धान बिक्री गर्न परियोजना कार्यान्वयन इकाई बाराका प्रमुख डा.सुरेन्द्र यादवले जानकारी दिनुभयो ।

सहकारीहरूले मोटा धान प्रति क्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धान प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँमा खरिद गर्ने परियोजना कार्यान्वयन इकाई बाराले जनाएको छ ।

१८ प्रतिशत सम्मको चिस्यान भएको धान तोकिएको मूल्यमा खरिद गरी १५ दिन भित्र बैङ्क मार्फत भुक्तानी गर्नुपर्ने प्रावधान छ । धान बिक्री गर्ने किसानको विवरण सहित निर्धारित स्थानबाट मात्रै धान खरिद गर्नु पर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार किसानको धान खरिद गरे बापत सहकारीलाई प्रति क्विन्टल ११२ रुपैैंयाका दरले सरकारले अनुदान दिने यादवले बताउनु भयो ।

जिल्लामा करिब ७ सयको सङ्ख्यामा कृषि सहकारी रहेका छन् । तर ५ वटा सहकारीले मात्रै धान खरिद गर्ने प्रक्रियामा भाग लिएका हुन् । सरकारले तोकेको समर्थन मूल्य र बजार भाउमा प्रति क्विन्टल ५ सय रुपैंया सम्म फरक छ ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १७:१७ मा प्रकाशित

You can share this post!

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:३०

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:४०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...