back
NMB ad

जीटुजीमार्फत मल खरिदका लागि एमओयू गर्न नेपाली टोली बंगलादेश जाँदै

Kumari bank ad

काठमाडौं । नेपाल र बंगलादेश सरकार(सरकारबीच(जीटुजी) मार्फत रासायनिक मल खरिदका लागि समझदारीपत्र(एमओयू) गर्न नेपाली टोली बंगलादेश जाने भएको छ ।

बंगलादेशबाट ५० हजार मेट्रिक टन मल खरिद गर्नका लागि प्रक्रिया अघि बढाउन र समझदारीपत्रमा हस्ताक्षर गर्न कृषि टोली बंगलादेश जान लागेको हो । टोली मंगलबार बंगलादेश जाँदैछ ।

कृषि सामग्री कम्पनीका तर्फबाट प्रवन्धक निर्देशक नेत्र भण्डारी, मन्त्रालयका सहसचिव कान्चनराज पाण्डे, कृषि सामग्री कम्पनीका प्रवन्धक विष्णुप्रसाद पोखरेल, कृषि प्रसार अधिकृत अरुण जीसी लगायतको टोली बंगलादेश जानेछ ।

यसअघि एमओयूको ड्राफ्ट आदानप्रदान र हस्ताक्षर हुनेछ । मल खरिद सरकारी मुल्य दरमा खरिद गर्ने गरी एमओयू हुनेछ । मल खरिद सरकारी मूल्यअनुसार नै हुने र अन्य थप लाग्ने लेबी र कर लगायतका खर्च घटाएर सम्झौता कृषि सामग्री कम्पनीका प्रवन्ध निर्देशक भण्डारीले बताए ।

अहिले कम्पनीले ग्लोबल टेन्डर गरेर ल्याउने अन्तराष्ट्रिय मूल्यभन्दा सस्तोमा बंगलादेशबाट मल खरिदका लागि पहल हुने भण्डारीले बताए ।

‘ग्लोबल टेन्डरेको नजिकको मूल्यभन्दा कति घटीमा बार्गेनिङ गरेर मल ल्याउन सक्छौं, त्यही गर्ने हो । यसमा बिचौलिया पस्ने कुरा भएन् । सरकारले सरकारबीच सहमतिमै मल खरिद गर्न लागिएको हो,’ उनले भने ।

ग्लोबल टेन्डर गरेर ल्याउने अन्र्तराष्ट्रिय मुल्यभन्दा करिव ५ डलर कममै मल खरिद हुने उनले बताए ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १७:०८ मा प्रकाशित

You can share this post!

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४०

काठमाडौँ, १८ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु...

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:३४

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:०३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...