back
NMB ad

सामाजिक सुरक्षा कोषमा बैंकहरू आकर्षित भएनन्

Kumari bank ad

काठमाडौं । दुई वर्षअघि औपचारिक रूपमा थालिएको सामाजिक सुरक्षा (सासु) कोषमा बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता अझै उत्साहजनक छैन ।

निजीक्षेत्रका कामदाहरूलाई पनि पेन्सन उपलब्ध गराउने अवधारणासहित शुरू गरिएको सासु कोषमा वाणिज्य बैंक, विकास बैंक, वित्त र लघुवित्त संस्थाहरू न्यून संख्यामा मात्र सूचीकृत भएका छन् ।

कोषको तथ्यांकअनुसार हालसम्म २७ वाणिज्य बैंकमध्ये आठओटा वाणिज्य बैंकमात्र दर्ता भएका छन् । प्रभु, लक्ष्मी, प्राइम कमर्शियल, मेगा, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीर्सी) र ग्लोबल आईएमईलगायत बैंक सूचीकृत भएका छन् ।

दर्ता भएका बैंकका सबै श्रमिक अर्थात् योगदानकर्ताको नाम पनि सूचीकृत गरिएको छैन । एउटै बैंकमा सयौं कर्मचारी भए पनि सबै बैंकबाट जम्मा ९९ जना श्रमिकको नाम मात्र सूचीकृत छ ।

कोषमा १९ विकास बैंकमध्ये ६ ओटामात्र सूचीकृत भएका छन् । त्यसमा पनि योगदानकर्ता भने अझै सूचीकृत भएका छैनन् । सञ्चालनमा रहेका ७८ लघुवित्तमध्ये २ ओटामात्र कोषमा सूचीकृत भएका छन् । दर्ता लघुवित्तले भने हालसम्म १ सय २४ जना श्रमिकको नाम सूचीकृत गरिसकेको छ ।

कोषमा सूचीकृत सहकारीको संख्या पनि न्यून छ । करीब ३४ हजार सहकारी संस्थामध्ये ४ सय ४५ ओटामात्र दर्ता भएका छन् । सूचीकृत सहकारीबाट १ हजार १२ जना श्रमिकलाई समेटेको कोषले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार ०८:०७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...