back
NMB ad

लघुवित्तका ग्राहकलाई ब्याज अनुदान सुविधा उपयोगको व्यवस्था गरिँदै

Kumari bank ad

काठमाडौं । ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्न नपाएका लघुवित्त वित्तीय संस्थाको व्यावहारिक कठिनाइ सरकारले सहज बनाइदिएको छ ।

लघुवित्त संस्थाका ग्राहकलाई पनि ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा उपयोगको सुविधा दिलाउन सरकारले व्यावहारिक कठिनाइको गाँठो फुकाइदिएको हो ।

सोही अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधि र नेपाल राष्ट्र बैंकको नियमअनुसार बाझिएको व्यवस्था व्यावहारिक बनाउन अर्थ मन्त्रालयले केन्द्रीय बैंकलाई पत्र पठाएको छ ।

नेपाल राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५’ को तेस्रो संशोधन, २०७७ गत असोज २७ गते कार्यान्वयनमा ल्याए पनि यसबाट लघुवित्त संस्थाहरू वञ्चित थिए ।

कार्यविधिले उक्त कर्जा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थामार्फत प्रवाह गर्न सकिने व्यवस्था गरे पनि आधारदर कायम गर्नुपर्ने व्यवस्थाले लघुवित्तका ग्राहक सदस्यले सो सुविधा लिन सकेका थिएनन् ।

कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा २ प्रतिशत मात्र थप गरेर यस्तो कर्जाको ब्याजदर निर्धारण गर्नुपर्ने हुन्छ । सोही ब्याजमा सरकारले कृषिअन्तर्गत ५ प्रतिशत र महिला उद्यमी कर्जा अन्तर्गत ६ प्रतिशत ब्याज अनुदान दिन्छ ।

यसअघि लघुवित्त बैंकर्स संघले ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा प्रवाह गर्न सहज वातावरण मिलाइदिन अर्थ मन्त्रालयमा निवेदन दिएको थियो ।

उक्त निवेदनमाथि अर्थमन्त्री विष्णु पौडेलले तोक लगाएपछि अर्थ मन्त्रालयको वित्त महाशाखाले आइतवार नेपाल राष्ट्र बैंकलाई पत्र पठाएको महाशाखाका सहसचिव झक्कप्रसाद आचार्यले जानकारी दिए । ‘यस्तो ब्याज अनुदानको कर्जा आधारदरमा २ प्रतिशत थपेर दिनुपर्ने व्यवस्था छ ।

तर लघुवित्तहरूको आधारदर छैन । यसैले कानूनतः कसरी मिलाउन सकिन्छ भनेर आवश्यक प्रक्रिया मिलाउन लिखित रूपमा भनेका छौं । अब प्राविधिक रूपमा के कसरी मिलाउन सकिन्छ, राष्ट्र बैंकले हेर्छ,’ उनले भने ।

यद्यपि पछिल्लो समय लघुवित्त वित्तीय संस्थाको कर्जाको ब्याजदर अधिकतम १५ प्रतिशतभन्दा माथि हुन नपाइने सीमा तोकिएको छ । त्यसैले लघुवित्तहरूको आधारदर कायम नभए पनि अब अधिकतम सीमालाई आधार मानेर सहुलियत दिने व्यवस्था गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार ०८:०५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...