back
NMB ad

विदेशमा बढ्दै अकबरेको माग

Kumari bank ad

इलाम । किसानका लागि आम्दानीको भरपर्दो स्रोत बन्न थालेको अकबरे खुर्सानीको माग अहिले बजारमा उच्च छ ।

मौसम चिसो भएसँगै अकबरेको माग बढ्नु स्वाभाविक हो तर यो वर्ष किसानले लगाएको अकबरे खेती रोगले सखाप भएपछि उत्पादन कमी भएका कारण पनि माग उच्च भएको किसानको बुझाइ छ ।

यो वर्ष किसानको घरघरबाटै यो सिजनमा प्रतिकिलो ४८० रुपियाँदेखि पाँच सय रुपियाँ दरले अकबरे बिक्री भइरहेको छ । सूर्योदय नगरपालिका–१२, आठघरेका किसान मदन राईले त यो वर्ष प्रतिकिलो छ सय रुपियाँका दरले पनि अकबरे बिक्री गर्नुभएको छ ।

सात वर्षयता अकबरेको व्यावसायिक खेती गरिरहेका राईले उत्पादन गरेको अकबरेको माग त स्थानीय बजारदेखि विदेशमा समेत रहेको बताए । राईले यो वर्ष दुई सय किलो अकबरे हङकङ पठाएको बताएका छन्। भारत, अमेरिका, साउदी, कतार, मलेसिया र हङकङमा बसोबास गर्ने नेपालीले इलामको अकबरे माग गर्ने गरेका छन् ।

राई भन्नुहुन्छ, “ती देशबाट आएको मागअनुसार हामीले अकबरे पठाउनै सक्दैनौँ । ” राईले पूर्ण अर्गानिक अकबरे उत्पादन गर्ने भएकाले पनि माग उच्च रहेको छ । १० हजार बोट अकबरे लगाएका राईले मङ्सिर बित्न लाग्दा पनि अझै अकबरे टिप्दै छन् । तीन सय किलो अकबरे बिक्री गरिसकेका राई बताउन्छन्, “विभिन्न मसला उद्योग र चाउचाउ उद्योगको माग धान्न पनि सकिँदैन । ”

राईसँग दाना अर्थात् अकबरेको बीउको माग पनि उत्तिकै छ । गत वर्ष प्रतिकिलो २५ हजार रुपियाँका दरले सात किलो दाना बियाँ गरेका राईले यो वर्ष पनि बीउको तयारी गरिरहेको बताए।

धेरै किसानको खुर्सानी बगान नै सखाप हुँदा पनि रोग देखा नपरेकाले उत्पादन राम्रो भएको राईको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार ०८:०३ मा प्रकाशित

You can share this post!

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:३०

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट...