back
NMB ad

स्वरोजगार बन्न आवेदन दिएका कोरोना पीडित भारततिर

Kumari bank ad

डडेल्धुरा । स्वरोजगारमूलक कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुँदा आवेदन दिएका युवाहरु धमाधम भारत फर्किन थालेका छन् ।

कोरोना महामारीका कारण रोजगारी गुमाएका नागरिकलाई स्वरोजगार बनाउन सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न रोजगारीमूलक कार्यक्रम घोषणा गरी आवेदन माग गरेको थियो ।

चैत ११ यता मात्रै सुदूरपश्चिमका विभिन्न नाका हुँदै हालसम्म २ लाख २९ हजार १ सय ७० जना स्वदेश भित्रिएका छन् भने यही अवधिमा १ लाख ३७ हजार ७ सय १४ जना भारत प्रवेश गरेका छन् ।

प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्यांकअनुसार त्रिनगर नाका हुँदै सबैभन्दा बढी १ लाख १० हजार ३ सय ८०, गड्डाचौकी नाका हुँदै २६ हजार ४ सय ५२, दार्चुलाको पुलघाट हुँदै ८ सय ३८ र बैतडीको झुलाघाट हुँदै ४४ जना भारत पसेका छन् ।

लकडाउन खुकुलो भएपश्चात् सुदूरपश्चिमका त्रिनगर र गड्डाचौकी नाका हुँदै गत साउनयता मात्रै १ लाख १६ हजार ५ सय ७१ जना भारत गएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको तथ्यांकअनुसार २३ हजार ५ सय ८८ महिला, ७९ हजार ९ सय ३७ पुरुष र १३ हजार ४६ बालबालिका गरी १ लाख १६ हजार ५ सय ७१ जना भारत गएका छन् । यही अवधिमा ८२ हजार २ सय ७८ जना भारतबाट नेपाल फर्किएको प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्यांकमा उल्लेख छ ।

कोरोना महामारीका कारण रोजगारी गुमाएकालाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न रोजगारीमूलक कार्यक्रम घोषणा गरे पनि कार्यान्वयनमा ढिलाइ हुँदा स्वरोजगारीका लागि आवेदन दिएका अधिकांश सर्वसाधारण पुनः भारत फर्किन थालेका हुन् । नेपाल समाचारपत्र दैनिकबाट

वि.सं.२०७७ मंसिर ३० मंगलवार ०८:३५ मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...