काठमाडौं । लोक सेवा आयोगले लिखित परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ । आयोगले कोरोना भाइरसका कारण स्थगित भएको परीक्षाको तालिका पुनः सार्वजनिक गरेको हो ।
आयोगले बुधबार एक सूचनामार्फत मंसिर २५ गतेको बैठकअनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विभिन्न सेवा, समूह र पदका परीक्षा कार्यक्रम तय गरिएको जनाएको छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना :
वि.सं.२०७७ पुस १ बुधवार ०९:२९ मा प्रकाशित