back
NMB ad

सिक्टा सिँचाइको मूल नहर निर्माण

Kumari bank ad

राँझा। राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण सम्पन्न भएको छ । मूल नहर निर्माण सम्पन्न भएसँगै आयोजनाको पहिलो चरणको काम करिब पूरा भएको आयोजनाका निर्देशक लोकबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार सिक्टा सिँचाइ आयोजनालाई तीन चरणमा सम्पन्न गर्ने प्रस्तावित गुरुयोजनाअनुसार पहिलो चरणको कार्य मूल नहर निर्माण सम्पन्न भएको छ ।

संशोधित गुरुयोजनाअनुसार आयोजनाको लागत र समयावधि बढाउने तयारी थालिएको छ । यसअघि २०७६/७७ मा सम्पन्न भई कूल रु २५ अर्ब दुई करोड खर्च लाग्ने अनुमान गरिएकामा प्रस्तावित दोस्रो संशोधनअनुसार रु ३९ अर्ब लागत र २०८५/८६ मा सम्पन्न गर्ने अनुमान गरिएको निर्देशक थापाको भनाइ छ ।

आयोजनाले पश्चिमी मूल नहर र पू्र्वी नहर निर्माण सम्पन्न भएसँगै पानी सञ्चालन गरेपछि किसानको खेतमा राप्ती नदीको पानीले सिँचाइ भइरहेको छ । नहरको पानी खेतबारीमा पुगेपछि यो वर्ष समयमै धान रोपाइँ र गहँुखेती गर्न पाएका छन् ।

आयोजनाका निर्देशक थापाले पश्चिमी मूल नहरको जेठी नालासम्म र पू्र्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको बताउनुभयो ।

उहाँका अनुसार पश्चिमी मूल नहरअन्तर्गत रहेका सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहरको साविक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको हो ।

“हामीले गत वैशाख पहिलो हप्तादेखि नहरमा नियमित पानी छाडेका छौँ, विभिन्न शाखा र प्रशाखाबाट किसानको खेतबारीसम्म पानी पुर्याउने काम भइरहेको छ”, आयोजना निर्देशक थापाले भन्नुभयो, “आयोजनाको सिँचाइ लक्ष्यको करिब आधाजसो क्षेत्रफलमा सिक्टाको पानी पुगेको छ ।”

आठ वर्षमा सकिने लक्ष्यसहित आर्थिक वर्ष २०६३ बाट शुरु भएको आयोजनाको आव २०७१/७२ को संशोधित गुरुयोजनाअनुसार २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको थियो तर आयोजना शुरु गर्दा पश्चिम नहर मात्र निर्माण गर्ने गरी क्षेत्र तोकिएकामा पछि आएर पूर्वी नहर थप हुनु, सामाजिक सरोकारका काम, नदी संरक्षणका कामलगायत थप संरचना निर्माण गर्नुपर्ने भएपछि गुरुयोजना संशोधन गरी लागत र समयावधि बढाउनुपर्ने अवस्था आएको निर्देशक थापाले बताउनुभयो ।

सिक्टा सिँचाइ आयोजना शुरु भएदेखि हालसम्म करिब ६४ प्रतिशत प्रगति भएको छ भने रु १६ अर्ब खर्च भइसकेको छ । आयोजनाले बाँकेको ४३ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।

वि.सं.२०७७ पुस १ बुधवार १०:४६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...