काठमाडौं । गृह मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई निवृत्तिभरण, अवकास सुविधा वा अन्य सुविधा पाइरहेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउन परिपत्र गरेको छ ।
गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई पत्र लेख्दै सामाजिक सुरक्षा भत्ता लाभग्राहीको विवरण रुजु गरी दोहोरो सुविधा लिएको भए कानुनी दायरामा ल्याउन परिपत्र गरेको हो ।
वि.सं.२०७७ पुस २ बिहीवार १२:३० मा प्रकाशित