back
NMB ad

कोरोना बीमामा ५० ओटा आवेदन दाबी पाउन अयोग्य

Kumari bank ad

काठमाडौं । केही समयअघि कोरोना बीमामा दाबी भुक्तानी ढिलाइ भयो भनेर ग्राहकस्तरबाट पनि बीमा कम्पनीहरूको नकारात्मक टिकाटिप्पणी भयो ।

अहिले बीमा कम्पनीहरूले दाबी भुक्तानीलाई चुस्तरूपमा अगाडि बढाएका छन् । तर, अहिले केही ग्राहकले पनि कोरोना बीमा प्रयोग गरेर फाइदा लिन खोजेको पाइएको छ ।

बीमा समितिको बिहीवारसम्मको तथ्यांकअनुसार कोरोना बीमामा परेको कुल आवेदनमध्ये ५० ओटा ‘नो क्लेम’ अर्थात् दाबीका लागि अयोग्य भएको पाइएको छ ।

बीमितबाट दोहोरो रूपमा आएका ५० ओटा आवेदन दाबीका लागि योग्य नभएको हो । बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले दोहोरो आएका आवेदन ‘नो क्लेम’मा राखिएको बताए । यद्यपि, दोहोरो मागदाबी गर्ने बीमितले भने एउटा दाबी भने पाउने उनले जानकारी दिए ।

बीमाको सिद्धान्तअनुसार एउटै बीमामा दोहोरो दाबी भुक्तानी गर्न मिल्दैन । तर, कतिपय अवस्थामा एउटै व्यक्तिको दुईभन्दा बढी बीमा कम्पनीबाट बीमा भएको छ ।

त्यस्तो व्यक्ति कोरोना संक्रमित हुँदा दुई ठाउँबाटै दाबी पेश गरेका हुन् । तर, बीमितले त्यसरी दोहोरो रूपमा मागदाबी गर्न नहुने बीमा कम्पनीका साथै समितिको भनाइ छ ।

समितिको उक्त तथ्यांकमा नक्कली कागजपत्र भएका कारण पनि नो क्लेममा राखिएको उल्लेख छ । कोरोना बीमामा प्रतीक्षा अवधिभन्दा अगाडि नै बीमित कोरोना संक्रमित भएमा दाबी पाउँदैनन् । यस्तै, दोहोरो बीमा भएपछि एउटा मात्र भुक्तानी गरिने व्यवस्था छ ।

तथ्यांकअनुसार बिहीवारसम्म २३ हजार ५६ ओटा दाबी आवेदन आएका छन् । तीमध्ये १२ हजार १९३ ओटाको दाबी भुक्तानी भइसकेको छ । रकमका आधारमा हालसम्म रू १ अर्ब १९ करोड ७ लाख दाबी भुक्तानी भएको समितिले बताएको छ ।

५ हजार ६०६ ओटा आवेदन स्वास्थ्य मन्त्रालयमा प्रमाणीकरणका लागि पठाइएको छ । तीमध्ये ३ हजार ५२ ओटा आवेदन स्वीकृति भएर आएका छन् । अन्य आवेदन भने स्वीकृतिका लागि पाइपलाइनमा छन् ।

यस्तै, १ हजार ११ ओटा आवेदन मन्त्रालयमा स्वीकृतिका लागि पठाउन तयार भएको छ भने ३ हजार ५६६ ओटा आवेदन प्रमाणीकरणको चरणमा छन् । यसका अलावा १ हजार ५७१ ओटा आवेदन कागजपत्र पूरा नभएपछि कम्पनीहरूलाई नै फिर्ता गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस ३ शुक्रवार ०७:४४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...