back
NMB ad

युरिया मल आयातका लागि बंगलादेश र नेपाल सरकारबीच सम्झौता

Kumari bank ad

काठमाडौं । नेपालले बंगलादेश सरकारसँग जीटुजी प्रक्रिया मार्फत ल्याउन लागेको ५० हजार मेट्रिकटन युरिया मल खरीदका लागि दुई देशबीच सम्झौता भएको छ ।

बिहीवार नेपालको कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेशको बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेशनबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपालको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादर भण्डारी र बंगलादेशका तर्फबाट बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेशनका अध्यक्ष मोहमद अमिउल अहसनले हस्ताक्षर गरेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले ५० हजार मेट्रिकटन दाना युरिया मल बल्क र कार्गो गरी दुई तरीकाले चार लटमा आयात गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

बंगलादेशकै कर्नाफुली फर्टिलाइजर कम्पनी लिमिटेडले उत्पादन गरेको मल ल्याउने बताइएको छ । सम्झौता भएको तीन महिनाभित्र बंगलादेशले नेपालमा मल निर्यात गर्ने सहमति भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस ३ शुक्रवार ०७:४२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...