back
NMB ad

नयाँ वडा कार्यालय भवन निर्माण र तला थपको काममा जुट्दै महानगर

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले नयाँ वडा कार्यालय भवन निर्माण र तला थपको कामलाई तीव्ररूपमा अघि बढाएको छ ।

हाल कामपाको वडा नं ९, १४ ,१८ र २६ को भवन निर्माणपछि सेवा प्रवाह शुरु भइसकेको छ । वडा नं ३ र ४ को भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने वडा नं २ को भवन निर्माण प्रक्रिया शुरु गरिएको छ ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार वडा नं ६ को पहिलो ढलान कार्य सम्पन्न भएको र वडा नं १२, १६, २१ र २९ को भवन निर्माणका लागि टेन्डर प्रक्रियामा रहेको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडाका कार्यालय भवन पुनः निर्माण, निर्माण र तला थप गर्ने योजनाअनुरूप काम अघि बढाइएको बताउँदै आएका छन् ।

गोरखा भूकम्पका कारण पुनः निर्माण गर्न मिल्नेलाई निर्माण कार्य अघि बढाइएको छ भने मर्मत गरेर हुनेलाई मर्मतको काम र आवश्यकताअनुरूप तला थप गर्नुपर्नेलाई सोही अनुरुपको काम पनि कामपाले गरिरहेको छ ।

सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरूप एकै खालको हुने गरी निर्माण भइरहेको छ । सबै नयाँ भवन सम्बन्धित वडाका आफ्नै जग्गामा निर्माण गर्न लागिएको हो । एउटा कार्यालय भवन निर्माणका लागि रु दुई करोड ५० लाख लाग्ने अनुमान कामपाको छ ।

“कतिपय वडाका भवनमा तला थप्ने काम अघि बढेको छ । कतिपय वडाको टेण्डर प्रक्रिया अघि बढेर शुभारम्भको चरणमा छ”, प्रवक्ता डङ्गोलले भने, “हाम्रै कार्यकालमा कामपाका ३२ वटै वडामा सुविधा सम्पन्न भवन निर्माण गरी ती भवनबाट सेवा दिने प्रतिबद्धताअनुसार अहिले काम भइरहेको छ ।” वडा नं ८ मा सामान्य विवाद देखिएको छ । ती बाहेकका सबै वडामा विवादरहित ढङ्गले काम भइरहेको छ ।

वि.सं.२०७७ पुस ३ शुक्रवार ०८:०३ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

मलामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५४

गुल्मी, १६ वैशाखः जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप...

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...