back
NMB ad

नौ महिनापछि सवारी लाइसेन्स खुलाउँदै सरकार

Kumari bank ad

काठमाडौं । सरकारले विगत नौ महिनादेखि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो । त्यसयता सरकारी कार्यालय खुलेर सेवा सुचारु भए पनि सवारी लाइसेन्सको परीक्षा भने खुलेको छैन ।

यातायात व्यवस्था कार्यालयले गत असारदेखि नै कार्यालय खुला गरेर सवारी दर्ता र नवीकरणको सेवा भने दिँदै आएको छ । यसरी लामो समयसम्म लाइसेन्स नखुल्दा सेवाग्राही मर्कामा पर्दै आएका छन् । सामान्य अवस्थामै लाइसेन्सका लागि भीडभाड हुने गरेकामा नौ महिनासम्म स्थगित हुँदा अब झनै चाप बढ्ने भएको छ ।

विभागले भने कोरोनाको जोखिम अझै नहटेको भन्दै कोटा तोकेर आवेदन खोल्ने तयारी गरिरहेकोे छ । लिखित र प्रयोगात्मक दुवै परीक्षाका लागि सामान्य अवस्थामा लिइरहेकोभन्दा करिब आधा मात्रै कोटा तोकेर परीक्षा सञ्चालन गर्ने तयारीमा विभागको रहेको छ ।

भीडभाडका कारण कोरोना संक्रमणको जोखिम हुने भन्दै कोटा तोक्न लागिएको विभागले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

वि.सं.२०७७ पुस ५ आइतवार ०८:४८ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...