back
NMB ad

सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्ने

Kumari bank ad

काठमाडौं । पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ।

 

कोभिड–१९ को संक्रमण बढेको सुरुवाती अवस्थामा पिसिआर परीक्षणलाई भन्दा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) लाई प्राथमिकतामा राखेको सरकारले अहिले फेरि एन्टिजेन परीक्षणलाई विशेष प्राथमिकता दिएको छ।

कमिसनको चक्करमा आरडिटी खरिद गरेको आरोप खेपेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षणमा विशेष सक्रियता देखाएपछि यसमा पनि ठूलै कमिसनको चक्कर चलिरहेको स्वास्थ्य मन्त्रालयकै केही उच्च अधिकारीको भनाइ छ।

‘आरडिटी खरिदमा मन्त्रालयका केही उच्च अधिकारीको जुन किसिमको सक्रियता थियो, एन्टिजेन परीक्षणमा पनि अहिले तिनै अधिकारीको त्यही किसिमको सक्रियता देखिएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागमा एन्टिजेन परीक्षणका लागि सामान आपूर्ति गर्न दिनप्रतिदिन धाउने कमिसन एजेन्टहरूको दौडधुपबाट पनि बुझ्न सकिन्छ कि आरडिटीमा जस्तै एन्टिजेनमा पनि व्यापक कमिसनको खेल हुँदैछ।’

सरकारमा बस्ने उच्च अधिकारीहरूको ध्याउन्न नै कमिसन कसरी प्राप्त गर्न सकिन्छ भन्नेमा रहेकाले नेपालमा नयाँनयाँ परीक्षणका लागि चलखेल हुने गरेको ती अधिकारीको आरोप छ। सरकारले दैनिक रूपमा पिसिआर परीक्षणको दायरा घटाउँदै लग्नु र एन्टिजेन परीक्षणलाई प्राथमिकतामा राख्नुमा पनि कमिसनको खेल रहेको दाबी स्वास्थ्य मन्त्रालयका केही अधिकारीको छ।

भारत अमेरिकालगायत देशले एन्टिजेन परीक्षण गरिरहेको भए पनि नेपालमा भने पिसिआर परीक्षणको दायरा घटाउँदै लगेको सरकारले एन्टिजेन खरिदमा चासो दिनु कमिसनकै चक्कर भएको मन्त्रालयका ती अधिकारीको टिप्पणी छ।

सस्तो र नतिजा छिट्टै आउने भए पनि एन्टिजेन परीक्षण पिसिआरजस्तो प्रभावकारी मानिँदैन। एन्टिजेन परीक्षण गर्दा नेगेटिभ देखिएका व्यक्तिमा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको भने थप यकिन गर्न पिसिआर परीक्षण गर्ने मन्त्रालयको तयारी छ।

यसो गर्दा दोहोरो खर्च हुने देखिन्छ। एन्टिजेन परीक्षण गर्दा भाइरस लोड कम भएको नमुनाबाट सही नतिजा देखाउने सम्भावना कम भएकाले यसको प्रभावकारिता खासै नहुने चिकित्सकहरूको भनाइ छ। यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन् ।

वि.सं.२०७७ पुस ५ आइतवार ०८:४५ मा प्रकाशित

You can share this post!

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...