back
NMB ad

हाइड्रोका कारण विश्वकै तेस्रो अग्लो हिमाल जाने पदमार्ग मासिँदै

Kumari bank ad

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–६ सेकाथुमका ग्याबु शेर्पाले करोडभन्दा बढी लगानी गरेको होटल छाडेका छन् ।

कञ्चनजंघा हिमाल जाने पदमार्गमा होटल चलाउँदै आएको घरजग्गा उनले जलविद्युत् आयोजना (हाइड्रो)लाई सुम्पिएका छन्। सेकाथुमकै पेमाडेमा शेर्पाले पनि हाइड्रोकै कारण होटल छाड्नुपर्ने भएको छ। दुवै जनालाई अब के गर्न भन्ने चिन्ता छ ।

कञ्चजनंघा संरक्षण क्षेत्र (केक्याप)समेत पर्ने यो क्षेत्रमा रेमिट हाइड्रो प्रालिले घुन्सा खोला जलविद्युत् आयोजना निर्माण थालेको छ। त्यससँगै दर्जन स्थानीय घर छाड्नुपर्ने भएको हो। त्योभन्दा मुख्य कुरा त यसले विश्वकै तेस्रो अग्लो हिमाल जाने पदमार्ग मासिने भएको छ।

आयोजनाले मुआब्जा दिएर जमिन लगे पनि पर्यटक हिँड्ने बाटो मासिँदा दुःख लागेको पेमाडेमाले बताइन्। ‘हाम्रो जीविकाको आधार नै होटल हो। मुआब्जा पाएको पैसाले बाहिर केही पनि आउँदैन। भएको जमिन सकियो’, उनले भनिन्, ‘पर्यटक हिँड्ने बाटो पनि मासियो, अब के गर्ने ?’

७८.५ मेगावाटको यो आयोजनाले सेकाथुमबाट फेदीसम्म करिब १० किमि पदमार्ग मासिनेछ। सरकारले अर्को आयोजनालाई पनि लाइसेन्स दिएको छ। कञ्चनजंघा हिमालको फेदबाट सुरु हुने १ सय ५५ मेगावाटको घुन्सा खोला जलविद्युत् आयोजना आम्जिलेसा फेदीसम्म भू–भागमा निर्माण हुनेछ।

यसले पदमार्गसहित यहाँको जैविक विविधतामा असर गर्ने स्थानीयको भनाइ छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सीताराम गुरागाईंले लेखेका छन् ।

वि.सं.२०७७ पुस ५ आइतवार ०८:४२ मा प्रकाशित

You can share this post!

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...