back
NMB ad

राजस्वमा मुख्य योगदान दिने वस्तुको आयात घट्यो

Kumari bank ad

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ५ महीनामा पौने ३० अर्ब रुपैयाँ राजस्व उठाएको छ ।

यो भन्सारले चालू वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिमा २९ अर्ब ७७ करोड ८६ लाख रुपैयाँ संकलन गरेको हो । आयातनिर्यात कारोबारका आधारमा मुख्य भन्सार मानिएको वीरगञ्जले तोकिएको लक्ष्य भने भेट्टाउन सकेन ।

निर्धारित लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको भन्सारका अधिकृत रमेश सुकमनीले जानकारी दिए । ५ महीनाका लागि वीरगञ्ज भन्सारलाई ३५ अर्ब ३३ करोड ४९ लाख रुपैयाँ राजस्व उठाउने जिम्मा दिइएको थियो ।

अघिल्लो आव २०७६/७७ को समीक्षा अवधिमा यो भन्सारले ३८ अर्ब ६२ करोड ८८ लाख रुपैयाँ उठाएको थियो । यो रकम लक्ष्यको तुलनामा करीब ७३ प्रतिशत थियो । त्यस अवधिका लागि भन्सारले ५२ अर्ब ९७ करोड ५५ लाख रुपैयाँको लक्ष्य पाएको थियो ।

चालू आवमा राजस्वमा मुख्य योगदान दिने इन्धन र सवारीसाधनको आयात घटेकाले राजस्वमा कमी आएको भन्सारले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस ५ आइतवार ०८:३५ मा प्रकाशित

You can share this post!

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:४६

अच्युत रेग्मी गङ्गाजमुना (धादिङ), २४ वैशाख : स्वच्छ हावापानी, घना...

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:५९

ललितपुर । महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर...

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...