back
NMB ad

बागमती प्रदेशले १ सय २ बर्ष पुरानो रोपवे पुनःनिर्माण गर्ने !

Kumari bank ad

बागमती । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने भएको छ ।

मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर, रसुवाको गोसाइँकुण्ड र दोलखामा रोपवे तथा केवलवे निर्माणका लागि अध्ययन शुरु गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो ।

रासससँग कुरा गर्दै मन्त्री फुँयालले रोपवे निर्माणका लागि अध्ययन, विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार तथा निर्माणकार्य प्रारम्भ गर्नका लागि मन्त्रालयमा चरणबद्ध छलफल कार्यक्रम भइरहेको बताउनुभयो ।

देशमा हाल विद्युत् उत्पादन बढदै गएको सन्दर्भमा विद्युतीय ऊर्जामार्फत सञ्चालन हुने यातायातका साधनलाई प्राथमिकता दिइनुपर्ने उल्लेख गर्दे मन्त्री फुँयालले विद्युतीय ऊर्जामार्फत सञ्चालन हुने सडक सवारी तथा रोपवे निर्माण सरकारको प्राथमिकतामा पर्ने बताउनुभयो ।

प्रदेश सरकारले अत्यावश्यक स्थानमा कुनै पनि प्रकारको ऊर्जाको प्रयोगबिना सञ्चालन गर्न सकिने ग्राभिटी रोपवे गुरुत्वाकर्षणका कारण सञ्चालन हुने निर्माणका बारेमा समेत अध्ययन शुरु गरेको फुँयालले जानकारी दिनुभयो ।

उहाँले १०२ वर्ष अगाडि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण गरिएको हेटौँडा काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न सकिने वा नसकिने अध्ययन गरेर पुनःनिर्माण गर्न सकिने भए पुनःनिर्माण गर्ने तथा नसकिने भए त्यसका संरचनालाई हटाएर व्यवस्थित गरिने बताउनुभयो ।

उक्त कार्यका लागि मन्त्रालय अध्ययन समिति निर्माण गर्ने क्रममा रहेको र समितिको प्रतिवेदन प्राप्तिपछि प्रतिवेदनका आधारमा काम गरिने उहाँको भनाइ थियो ।

मन्त्री फुँयालले लामो समयसम्म भारत तथा नेपालका तराई क्षेत्रबाट सडक यातायातमार्फत हेटौँडासम्म ल्याइएका सामग्रीलाई काठमाडौँसम्म ढुवानी गर्न प्रयोग भएर हाल बन्द रहेको उक्त रोपवेको संरचनाका कारण जोखिम बढेकाले त्यसको व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

वि.सं.२०७७ पुस ५ आइतवार ०९:४८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...