back
NMB ad

मासिक ७ हजार तिरेर इलेक्ट्रिक स्कुटर लिन सकिने

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा हालै भित्रिएको भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्युअर ईभीको स्कुटर ई–प्लुटो ७जी मासिक किस्तामा लिन सकिने भएको छ ।

नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस प्रालिले नविल बैंकसँगको सहकार्यमा सो अफर उपलब्ध गराएको बताएको छ । यस अन्तर्गत शुरुमा १ लाख २४ हजार रुपैयाँ डाउन पेमेन्टको रुपमा बुझाउन सकिन्छ ।

त्यसपछि मासिक ६ हजार ९१६ रुपैयाँ १८ महिना सम्म बुझाए पछि स्कुटर आफ्नो बनाउन सकिन्छ । ई–प्लुटो ७ जीको मूल्य २ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । विद्युतीय सवारी साधनमा बैंकहरुले ८० प्रतिशत सम्म पनि फाइनान्स गर्न सकिने व्यवस्था छ ।

प्युअर ईभीको ई–प्लुटो ७जी मोेडलको अधिकतम गति ६० किमी प्रतिघण्टा रहेकोे छ । साथै यसमा २.५ किलोवाट आवर क्षमता भएको पोरटेबल लिथियम आयोन ब्याट्री रहेकोे छ जसले एक पटकको चार्जमा १०० किमी सम्मको यात्रा गर्न सकिन्छ भने यसको ब्याट्रीमा ४० हजार किमी सम्म वारेन्टी रहेको छ । -नेपाल अटो

वि.सं.२०७७ पुस ६ सोमवार ०९:२३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...