back
NMB ad

काँकडभिट्टा नाकामै बन्यो पर्यटक लोभ्याउने देवकोटा पार्क

Kumari bank ad

झापा । नेपालको पूर्वी सीमा नाका काँकडभिट्टामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको प्रतिमासहित सुन्दर उद्यान बनेको छ । पर्यटकीय आकर्षणको केन्द्र बनेको देवकोटा पार्कको नामले परिचित यो स्थानमा दिनहुँ सयौँ आन्तरिक पर्यटक रमाउने गरेका छन् ।

मुलुकको प्रवेश नाकामै रहेको यो पार्क छ वर्ष अघिसम्म लागुऔषधका दुव्यर्सनीको अखडाजस्तै थियो । त्यसबेला यहाँ देवकोटाको अर्धकदको शालिक थियो ।

]असामाजिक तत्वले शालिक पटकपटक तोडफोड गरेका थिए । स्थानीय युवाले पार्कको महत्व बुझेर स्याहारसम्भार गर्दै जाँदा अहिले देवकोटा पार्क पर्यटक लोभ्याउने स्थलको रूपमा विकसित भएको हो ।

कोभिड–१९ का कारण चैतदेखि बन्द रहेको पार्क तिहारको लक्ष्मीपूजाको दिनदेखि खुलेको थियो । विभिन्न मनमोहक फूल र वृक्षले भरिभराउ पार्कमा बालबालिकालाई पिङ, चिप्लेटी, ढिकीच्याउँ, मिनी रेललगायतका खेल्ने सामान राखिएको छ । बाल उद्यानका कारण दैनिक १०० को हाराहारीमा बालबालिका नै अभिभावकसहित आउने गरेका छन् ।

पार्कको संरक्षण र सौन्दर्य अभिवृद्धिका लागि स्थानीय युवा बालकृष्ण थापाले युवा स्वयंसेवकको अगुवाइ गरिरहेका छन् । पार्कको सरसफाइ, बगैँचाको गोडमेल, फूलको रोपणजस्ता काममा युवा स्वयंसेवक नियमित खट्छन् ।

युवाको लगनशीलता देखेर स्थानीय नगरपालिका, प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले पार्कलाई व्यवस्थित तुल्याउन आर्थिक सहयोग गर्न थालेका छन् ।

देवकोटा पार्क निर्माण तथा व्यवस्थापन समितिका सचिव फणीन्द्र घिमिरेले आर्थिक सहयोग जुटेपछि शालिकको नियमित रङरोगन, पक्की घेराबारा, बाल उद्यान, शौचालय, वाइफाइ, बिजुली, खानीपानीसमेतको व्यवस्था गरिएको बताए।

उनले युवाले पार्कको व्यवस्थापन सम्हालेपछि पार्कमा निर्माण गरिएको पुस्तकालय र कफी सेन्टर चाँडै उद्घाटनको तयारीमा रहेको जानकारी दिए ।

पार्क व्यवस्थापनका लागि प्रदेश नम्बर १ को सरकारले रु एक लाख, मेचीनगर नगरपालिकाले रु १४ लाख, वडा नम्बर ६ ले रु तीन लाख, नेपाल पर्यटन बोर्डले रु सात लाख आर्थिक सहयोग गरेको देवकोटा निर्माण व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापाले बताउए । “कुनै बेला लागुऔषध दुर्व्यसनीको अखडा बनेको पार्कको विकास गर्न स्थानीय युवाले गरेको योगदान सराहनीय छ”, उनी भन्छन्, “देवकोटा पार्कलाई सजाउन हामीले सरकारी अनुदानको मात्र भर नपरी स्वेच्छिक सहयोगसमेत गरेका छौँ ।”

कोभिड कहरकै अवधिमा काँकडभिट्टासम्म एशियाली राजमार्गको छ लेनको फराकिलो सडक निर्माण भइसकेको छ भने मेचीमा चार लेनको नयाँ पुल बनेको छ ।

निकट भविष्यमा नाका खुला भएपछि पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट भित्रिने पर्यटकको पहिलो नजर देवकोटा पार्कमा पुग्ने मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बिना तामाङले बताए ।

व्यवस्थापन समितिले पार्कमा खेल्न आउने १२ वर्षमुनिका बालबालिकाका लागि रु १० टिकटको व्यवस्था गरेको छ । बालबालिकाले टिकट लिएपछि अभिभावकलाई हेरचाहमा प्रवेश निःशुल्क गरिएको छ ।

कोरोनाका कारण विद्यालय बन्द रहेकाले दैनिक १०० भन्दा बढी बालबालिका पार्कमा खेल्न घुम्नका लागि आउने गरेको अध्यक्ष थापाले बताए ।

वि.सं.२०७७ पुस ६ सोमवार १०:५८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...