काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मुल्य बढेको छ ।
आज छापावाला सुनको मुल्य तोलामा ९ सयले बढेर प्रतितोला ९५ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आइतबार छापावाला सुन तोलाको ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ७०० कायम गरिएको महासंघले जनाएको छ ।
त्यसैगरी सोमाबर चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर तोलाको १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७७ पुस ६ सोमवार ११:०६ मा प्रकाशित