back
NMB ad

प्रभु इन्स्योरेन्सको ७ लाख ३५ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Kumari bank ad

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको शेयर बढाबढ प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक समूहको ७ लाख ३५ हजार कित्ता शेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो।

लगानीकर्ताले पुस ७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । व्यक्ति, कम्पनी, संघ, संस्था, बैंक तथा वित्तीय संस्थाहरुले संस्थापक सेयर खरिद गर्न आवेदन दिन सक्नेछन्।

संस्थापक शेयरको न्यूनतम मूल्य ३२२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सोभन्दा बढी मूल्य पेश गर्नुपर्नेछ। न्यूनतम २५ हजार कित्ता वा सबै कित्ताका लागि बोलपत्र पेश गर्न सक्ने प्रभुले जनाएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ।यस अघि मंसिर २१ गतेदेखि २८ गतेसम्म कम्पनीले प्रतिकित्ता न्यूनतम ३५० रुपैयाँमा राखेर बोलकबोलबाट साधारण शेयर बिक्री गरेको थियो ।

वि.सं.२०७७ पुस ७ मंगलवार ०९:३६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...