काठमाडौं । नबिल बैंकले सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको ५५२ औं बैठकले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सेयरधनीलाई ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ । वाणिज्य बैंकहरुले घोषणा गरेकोमा यो सबैभन्दा बढी लाभांश हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् । बैंकको चुक्तापुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुत्तापुँजी बढेर १३ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।
वि.सं.२०७७ पुस ७ मंगलवार ०९:४१ मा प्रकाशित